OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २८, २०८२
१८४ पटक

२७ साउन २०८२, सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट मैंले ल्याएको हो भन्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

सुर्खेतपश्चिममा पर्ने चौकुने गाउँपालिका वडा ६ स्थित नवनिर्मित भवनको आज उदघाटन गर्दै मुख्यमन्त्री कँडेलले गाउँमा आउने विकास बजेटलाई मैंले ल्याएको हो भनेर दाबी गर्ने बेथिति मौलाउँदै गएको बताउनुभयो । गाउँमा आउने बजेट हामी सबै जनताकै करबाट आउने भएकाले कसैले व्यक्तिगत दाबी गर्न नहुने मुख्यमन्त्री कँडेलका भनाई थियो ।

“संघीय, प्रदेश, पालिका र वडाको बजेट हामी सबैले तिरेको करको हो । कसैको व्यक्तिगत सम्पति होइन,” उहाँले भन्नुभयो, “मैंले ल्याएको हो, मेरो योजना हो भनेर कसैले दाबी गर्ने र जनताले पत्याउने स्थिति बन्नुहुँदैन ।” उहाँका अनुसार योजना पार्ने समयमा सबै सक्रिय हुने तर योजना परेपछि बेवास्ता गर्नाले विकासको गतिमा कमी हुँदै आएको आएको छ ।

हाम्रो लागि आएको योजना हो भनेर बुझ्न सके नागरिकका निम्ति कार्यान्वयन भएका सबै आयोजना पनि दिगो हुने उहाँको भनाई थियो । मुख्यमन्त्री कँडेलले सोही क्षेत्रको निर्माणाधिन लखरपाटा खम्बागाडे मुरमुरी जामु सुनकाँडा सडकको निरीक्षण गनुभएको थियो । उहाँले समयमै सडक निर्माण कार्य पुरा गर्न सम्बन्धित निर्माण व्यवसायीलाई र सडक निर्माणमा आवश्यक सहयोग र सहजीकरण गर्न स्थानीयलाई आग्रह गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस्