OnlinePana

आज : २०८२ साउन २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २६, २०८२
५५ पटक

२५ साउन २०८२, आईतबार

कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा ‘समृद्ध कर्णालीका लागि युवा’ विषयक प्रादेशिक बहस हुनेभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कर्णाली युथ सोसाईटीले भोलि वीरेन्द्रनगरस्थित मध्यपश्चि विश्वविद्यालयको सभाहलमा प्रादेशिक बहस सञ्चालन गर्ने भएको छ । युवालाई सुनाैं भन्ने नारासहित मुलुकमा बढ्दै गएको बेरोजगारी र युवा पलायनको समस्या, त्यसबाट सृजित सामाजिक अपराध, सूचना र प्रविधिले ल्याएको अवसर तथा चुनौति, यसमा नेतृत्वको जिम्मेवारी र युवाहरुको भूमिकाका विषयमा बहस हुने सोसाईटीका अध्यक्ष सुप्रिया शाहीले जानकारी दिनुभयो ।

आज पत्रकार सम्मेलनमार्फत अध्यक्ष शाहीले प्रादेशिक बहसमा मनोसामाजिक परामर्शकर्ता शर्मिला बिसी, युवा रविकिरण हमाल, उत्प्रेरक वक्ताद्वय दिपेश शाही ठकुरी र आदर्शविक्रम सिंह, अन्तर्राष्ट्रिय युवा खेलाडी तथा अभियान्ता प्रकाश खड्का र सामाजिक अभियान्ता प्रतिमा केसी वक्ताको भूमिकामा हुनेछन् । उहाँका अनुसार बहसमा कर्णाली प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्य, नागरिक अगुवा, बुद्धिजीवि, समाजसेवी, शिक्षाप्रेमी, पत्रकार सञ्चारकर्मीहरुलगायतको सहभागिता रहनेछ ।

प्रतिकृया दिनुहोस्