
१२ साउन २०८२, सोमबार
सुर्खेतः उच्च अदालत तुल्सीपुर दाङको विसं.२०८० असार ५ गतेको फैसलाबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका ४२ वर्षीय लक्ष्मण सापकोटालाई कर्णाली प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले खोजतलासका क्रममा पक्राउ गरेको हो । फरार प्रतिवादी सापकोटालाई वीरेन्द्रनगर नगरपालिकाको कार्यालय नजिक आज फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिनुभयो ।
उच्च अदालत तुल्सीपुर दाङले लागुऔषध (ब्राउन सुगर) कसुरको मुद्दामा दोषी ठहर गरी पन्ध्र बर्ष कैद र रु.पाँच लाख जरीवाना तोकेको थियो । पक्राउ परेका सापकोटालाई फैसला कार्यान्वयनको लागि आजै सुर्खेत जिल्ला अदालतमा पठाइएको प्रहरी नायब उपरीक्षक बुढ्थापाले बताउनुभयो ।