OnlinePana

आज : २०८२ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन १२, २०८२
९ पटक

११ साउन २०८२, आईतबार

घरमा राखिएको काठको खुट्टा प्रहार गरी सुर्खेतमा एक श्रीमानले आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन् ।

गएराति १ः४० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका १३ सुर्खेत सुगरखोलास्थित ४२ वर्षीय दानसिंह ठाडा मगरले आफ्नै श्रीमती ४१ वर्षीय रबिना ठाडा मगरलाई सुतिरहेको अवस्थामा खाटको खुट्टा बनाउन राखेको काठ टाउको प्रहार गरी घटनास्थलमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिनुभयो ।

रबिनाको घटनास्थलमा नै मृत्यु भएको भनी राति २ः३० बजे स्थानीयले अस्थायी प्रहरी बिट कहरेखोला सुर्खेतमा खबर गरेपश्चात् तत्काल प्रहरी त्यहाँ पुगेर हत्या गर्ने ठाडा मगरलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका ठाडा मगरको थप अनुसन्धानको भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्