
९ साउन २०८२, शुक्रबार
सुर्खेतः वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत नेवारेस्थित करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाका ५५ वर्षीय श्रीमान् धनीराम आचार्य र निजकी श्रीमती ५० वर्षीय धनकुमारी आचार्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान १०ः४५ बजेको समयमा आफ्नै घर नजिकको बारीमा घाँस काट्दै गर्दा उनीहरुलाई करेन्ट लागेको थियो ।
उहाँले भन्ुनभयो, “घाँस काट्ने विद्युतीय मेसिनद्वारा घाँस टुकार्दै गर्दा विद्युतको तारबाट करेन्ट लागी दुवै जना गम्भीर घाईते भएका थिए । खबर पाउने बित्तिकै घाईते दुवैलाई प्रहरी नायब निरीक्षक गगन सिंहको कमाण्डमा छ जनाको टोलीले उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा पुर्याएको थियो ।” उपचारकै क्रममा श्रीमान् आज दिउसो दुवैको मृत्यु भएको प्रवक्ता बुढथापाले बताउनुभयो ।