OnlinePana

आज : २०८२ साउन ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ७, २०८२
८ पटक

६ साउन २०८२, मंगलबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आर्थिक लाभ लिने उद्देश्यले हनी ट्रयापमा पारी रु.१४ लाख २५ हजार असुल्ने एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नौमुले गाउँपालिका ८ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेत बस्दै आएकी २१ वर्षीय सिन्दु चन्द रहेकी छन् । उनले विसं.२०८१ भदौं महिनामा मनोज कोईरालालाई वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत बुद्धपथस्थित बुलबुले भ्यू होटलमा बोलाई एक आपसको चिनजान र सहमतिमा सम्बन्ध राखेकी थिईन् ।

तर उक्त सम्बन्धलाई आर्थिक लाभ लिने मनसायले जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र सामाजिक सञ्जाल तथा मिडियमा नाङ्गो फोटो राखिदिन्छु भनी डरत्रास देखाई बेइमानीपूर्वक जटिल परिस्थिती खडा गरी कोइराला थरका ती पुरुषबाट पटक पटक गरी रु.१४ लाख २५ हजार असुल गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पीडितसँग रकम असुली गरेको भन्ने प्रमाणसहित प्राप्त प्राप्त जाहेरीपश्चात् यस कार्यालयबाट खटिईएको प्रहरी टोलीले उक्त कसुरमा संलग्न ती महिलालाई पक्राउ गरेको हो । पक्राउ परेकी अभियुक्त चन्दलाई आर्थिक लाभ (एक्सटर्सन) लिएको कसुरमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्