OnlinePana

आज : २०८२ साउन १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ३१, २०८२
११ पटक

३१ असार २०८२, मंगलबार

सुर्खेत पश्चिमस्थित चौकुने गाउँपालिकाका एक सय चार भूमिहीन नागरिकहरुलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ ।

लामो समयदेखि भूमिहीन भएर जीवन निर्वाह गरिरहेका चौकुने गाउँपालिका वडा नं. ७ र ८ का एक सय चारजना भूमिहीन नागरिकलाई आज जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको हो । पूर्जा वितरण कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्नुभएको थियो ।

पूर्जा वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले गरिबी र असमानता अन्त्यका लागि भूमिको स्वामित्व आवश्यक भएको बताउनुभयो । पूर्जा प्राप्तिबाट अव्यवस्थित बसोबास, गरिबी र सामाजिक असमानता अन्त्य हुने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, “जोसँग जग्गा छैन, उसले स्थायित्व, सुरक्षा र आत्मसम्मान महसुस गर्न सक्दैन । त्यसैले सरकार सबै नागरिकलाई जग्गाधनी बनाउने अभियानमा लागेको छ ।”

मख्यमन्त्री कँडेलले भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका परिवारलाई सम्मानपूर्वक बाँच्न सहयोग पुग्ने गरी सरकारले नीति र कार्यक्रम अगाडि सारेको बताउनुभयो । सामाजिक न्याय र समावेशितालाई व्यवहारमा उतार्न सकेमात्र नागरिक आफैले स्वामित्व महसुस गर्न सक्ने बताउनुभएका उहाँले आगामी दिनमा बाँकी रहेका भूमिहीन र सुकुम्बासी परिवारलाई प्रमाण पुर्जा वितरणको कार्यलाई तीव्रता दिने बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य विन्दमान बिष्ट, जिल्ला समन्वय प्रमुख गंगाराम सुनार, भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतका संयोजक तथा सदस्यहरु, चौकुने गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षहरु, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्