OnlinePana

आज : २०८२ आषाढ ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ३०, २०८२
८ पटक

३० असार २०८२, सोमबार

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरुको गठबन्धनले राजनीतिक स्थिरता भएपनि नागरिकहरुले सेवा प्रवाह प्रभावकारी नभएको गुनासो गर्दै आएको बताउनुभएको छ ।

नेपाली काँग्रेस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति खड्काले तीनै तहका सरकार स्थिर हुँदा पनि काममा केही गुनासाहरु आउनुले सेवा प्रवाहमा सुधार आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सत्तामा रहेका राजननीतिकर्मीहरुले नै असन्तुष्टि बाँड्ने काम गरेका छन् । यो जिम्मेवारीमा रहेका व्यक्ति तथा नेतृत्वको कमजोरी हो ।”

पूर्व रक्षा तथा उपप्रधाननमन्त्री समेत रहनुभएका खड्काका अनुसार तीन तहका सरकारहरुले गरेका काम, भएका कमजोरी र देशको अर्थतन्त्रको अवस्थाका बारेमा जानकारी नदिइ राजनीतिकर्मीहरुले नै चोक, चिया–चौतारीहरुमा बसेर असन्तुष्टि बाँड्ने काम गरिरहेका छन् । त्यसै क्रममा उहाँले पटकको केन्द्रीय समिति बैठक ऐतिहासिक भएको र त्यसले संघ, प्रदेश र स्थानीय तहका सरकारले गरिरहेका कामहरुको समीक्षा गरेको उहाँले जनाउनुभयो ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले संविधान संशोधन, विकास निर्माणलाई तीव्रता दिँदै जनताका इच्छा र आकांक्षा अनुसार सरकारले प्रभावकारी कामहरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राजनीतिकर्मी लोभबाट मुक्त हुनुप¥यो । लोभबाट मुक्त भएको मान्छे डरबाट मुक्त हुन्छ । डरबाट मुक्त मानिस मात्र शीर ठाडो गरेर हिँड्न सक्छ ।”

प्रतिकृया दिनुहोस्