OnlinePana

आज : २०८२ आषाढ २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २८, २०८२
१० पटक

२८ असार २०८२, शनिबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिहरुलाई नियन्त्रण गर्न कडाई गरेको छ ।

वीरेन्द्रनगर बजार क्षेत्र र त्यसको आसपासमा हुने लागु औषध कारोवार तथा प्रयोग, वेश्यावृति तथा जुवातास जस्ता गतिविधिबाट सामाजिक खलल पुग्ने कुरालाई ध्यानमा राखेर प्रहरीले आफ्नो कामलाई अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले राससलाई जानकारी दिनुभयो । लागु औषध, वेश्यावृति र जुवातास नियन्त्रणमा विशेष जोड दिँदै अभियानलाई अगाडि बढाएको उहाँले बताउनुभयो ।

“यो दुई महिनाको अवधिमा हामीले करिब सात किलोग्राम लागु औषध बरामद गर्नुको साथै पाँच महिला र ३९ पुरुष गरी ४४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौं,” उहाँले भन्नुभयो, “जसमा लागु औषध (ब्राउन सुगर) ३५ ग्राम तीन सय ४० मिलिग्राम, चरेश १७ ग्राम तीन सय ६० मिलिग्राम, अफिम पाँच किलोग्राम पाँच सय ४० ग्राम, गाँजा दुई सय ४० ग्राम र तीन सय ६२ वटा टयाब्लेट बरामद गरिएको छ ।”

त्यस्तै, जुवातासमा २१ जना पक्राउ, सामाजिक सदाचार तथा वेश्यावृति कसुरमा तीन होटल सञ्चालक, १२ पुरुष, १२ महिला, र एकजना एचआइभी संक्रमित महिला पक्राउ परेको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो । उहाँका अनुसार एचआईभी संक्रमित महिलाले औषधि माग गरेपछि थाहा भएको हो । प्रहरीले गलत गर्नेहरुलाई पक्राउ गर्न थालेपछि हरेकलाई सचेत हुन बाध्य बनाएको भने गलत गर्नेहरुको भागभाग सुरु भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्