OnlinePana

आज : २०८२ आषाढ २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २४, २०८२
१२ पटक

२४ असार २०८२, सोमबार

सुर्खेतः कर्णाली प्रदेश सरकारले संगठन संरचना प्रतिवेदन कार्यान्वयन एवं सहजीकरण गर्नका लागि चार सदस्यीय समिति गठन गरेको छ ।

मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्ले बैठकले कर्णाली प्रदेश सरकारद्वारा गठित संगठन संरचना अध्ययन उच्चस्तरीय समितिले प्रदेश सरकारलाई बुझाएको सुझाव प्रतिवेदन कार्यान्वयन एवं सहजीकरण गर्न समिति गठन गरेको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय शासकीय सुधार महाशाखाका सचिव लक्ष्मीकुमार विकको संयोजकत्वमा उक्त समिति गठन गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले जानकारी दिनुभयो ।

प्रवक्ता शाहका अनुसार समितिको सदस्यहरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव वीरेन्द्र केसी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रबिलाल शर्मा रहनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव विधाप्रसाद उपाध्याय सदस्य सचिव रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्