आषाढ २२, २०८२

१२ पटक

२२ असार २०८२, आईतबार
प्रधानमन्त्री केपी शर्मा ओली करिब चार घण्टादेखि सुर्खेत वीरेन्द्रनगरमै रोकिनुभएको छ ।
चीन–नेपाल–भारत त्रिदेशीय सडक जोड्ने हुम्लाको खार्पुनाथ गाउँपालिका ५ स्थित चुवाखोलामा निर्माण सम्पन्न भएको बेलीब्रिजको उद्घाटनका लागि हुम्ला जान बिहान १०ः०० बजे सुर्खेत पुग्नुभएको थियो । मौसम प्रतिकुलताका कारण प्रधानमन्त्री ओली सुर्खेतमा रोकिनु परेको हो ।
कालिकोट खण्डको मौसम सुधार नभएका कारण प्रधानमन्त्री ओली रोकिनु परेको नेपाली सेनाको उत्तरपश्चिम हेडक्वाटर सुर्खेतका महासेनानी मुनाल बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओली चार घण्टादेखि हेडक्वाटरमै हुनुहुन्छ । कालीकोट खण्डको मौसममा सुधार भएपछि हुम्लाका लागि उड्ने भन्ने छ ।