

नेत्र शाही /जुम्ला,
असार २० गते । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर १ मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
शुक्रवार सिंजा गाउँपालिकाको आयोजनामा सञ्चालित शिविरमा ३२१ जनाले सेवा लिएका छन् ।
सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित बहादुर रोकायाका अनुसार शिविरमा १८६ जना महिला तथा १३५ जना पुरुषले सेवा लिएका हुन् । शिविरमा स्त्रीरोग सम्बन्धी १३६ जनाले सेवा लिएका छन् । जसमा भिआईएम ५५ जना भिआईए पोजेटिभ ८ जना, रिफर ८ जना, रिङ पेसरि १४ जना रहेका छन् ।
यसैगरी हाडजोर्नी तर्फ १९५ जना, बालरोग ः४५ जना, जनरल सेवा १८० जनले लिएका छन् । यसैगरी परामर्श सेवा २६ जनाले लिएका छन् । शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका वालरोग विशेषज्ञ डाक्टर कमल थानी सहितको टोली खटिएको थियो । शिविरको उद्धाटन गर्दै गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल र उपाध्यक्ष सितली रोकायाले गर्नुभएको छ ।