OnlinePana

आज : २०८२ आषाढ २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २०, २०८२जुम्ला,
२९ पटक

जुम्ला,असार २० गते । जुम्लाको आठौ जिल्ला सभा विभिन्न निर्णय गरि सम्पन्न भएको छ । जिल्ला सभाले नदिजन्य पदार्थ, खनिज उत्खनन तथा संलनका लागि प्रक्रियामा जाने निर्णय गरेको जिल्ला समन्वय समितिले जानकारी दिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यका अनुसार सो निर्णय सहित ११ वटा निर्णय गर्दै जिल्ला सभा सम्पन्न भएको हो ।

अन्य निर्णयमा जिल्ला समन्वय समितिबाट हुने अनुगमन कार्यलाई सघन वनाउन पहल गर्ने, जिल्लाका विभिन्न नाकामा पर्यटन जानकारी वोर्ड निर्माण गर्ने र सो का लागि स्थान र संख्या समन्वय समितिमा प्रस्ताव गरि गाउँपालिकाहरुमा पठाउने, चालु आय व्यय अनुमोदन एंव आगामी आर्थिक बर्षको प्रस्तावित आय व्याय अनुमोदन पारित गर्ने निर्णय भएको छ ।

सूचना निति र समानुपातिक विज्ञापन प्रणाली लागु गर्ने :

यसैगरी निर्माणधिन जिल्ला समन्वय समितिको बहु उदेश्यीय भवनको निर्माण कार्यमा समन्वय र सहयोग गर्ने निर्णय गरिएको छ । यसैगरी सूचना तथा संचार नीति तर्जुमा गरि सूचना बिज्ञापन वैज्ञानिक बाडफाड प्रस्ताव गरि पठाउने निर्णय गरिएको छ ।

यसैगरी सातौ जिल्ला सभाका निर्यणहरु कार्यान्वयनको समिक्षा गर्दै कार्यान्वयन गर्न आवश्यक र बाँकी निर्णय प्रभावकारी रुपमा कार्यान्वय गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आचार्यको सभाध्यक्षमा शुरु भएको जिल्ला सभाको उद्घाटन संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री गोमा गौतम कुँवरले गर्नुभएको थियो ।

यसैगरी सहिद तथा घाइते आपांग बेपत्ता परिवारले पाउनु पर्ने जीवन निर्वाह भत्ता चन्दन नाथ नगरपालिका र तातोपानी गाउँपालिकामा विविध कारणले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट निकासा हुन छुट भएकाले यथासिघ्र आवश्यक बजेट निकासा गरि सहयोग गरि दिनु हुन आन्तरिक तथा कानुन मन्त्रालयमा पत्राचार गर्ने, जुम्ला जिल्लामा उत्पादन हुने स्याउ भाद्र १० गते सम्म टिप्न निर्यात गर्न प्रतिबन्ध लगाउने र सो कार्यका लागि कृषि विकास कार्यालय, स्थानीय तह र सरोकारवाला सबै संघ सस्था सबैले आवस्यक प्रचार प्रसार तथा निर्णय कार्यान्वयनको व्यवस्थापन मिलाउने, गुठीचौर गाउँपालिका वडा नं २ अन्तरगत लाग्ना देखि हाका हुदै धौलीगाड वृहत खानेपानी योजनाको मुहान सम्मको पहुँच सडक निर्माण गरि खानेपानी योजना कार्यान्वयनमा योजनामा सहयोग गरि दिनु हुन् गुठिचौर गाउँपालिका लाई अनुरोध गर्ने निर्णय गरियो । यसैगरी लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरियो, अर्को आदेश नभए सम्मका लागि प्रमुख ज्यु आदेश अनुसार ८ औं सभा समापन गर्ने निर्णय गरियो ।

 

प्रतिकृया दिनुहोस्