OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २०, २०८२
२७८ पटक

२० असार २०८२, शुक्रबार

भेरीगंगा नगरपालिका ८ कुईरे भन्ने स्थानमा परेको चट्याङले एक जनाको मृत्यु भएको छ ।

उक्त स्थानमा रहेको बीरबहादुर थापाको खेतमा रोपाई गरिरहेको अवस्थामा आज दिउसो ३ः०० बजेको समयमा एक्कासी चट्याङ लागेर सोही वडाका २७ वर्षीय डिलबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । प्रहरीका अनुसार चट्याङ लागेर घाईते भएका शाहीको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनापश्चात् ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्व १०, अस्थायी प्रहरी चौकी जहरे सुर्खेतबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको कमाण्डमा पाँच जनाको प्रहरी टोली उक्त स्थानमा पुगेर चट्याङ लागेर सामान्य घाईते भएका सोही वडाका १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नवीन विक र ३० वर्षीय सुनिता गिरीलाई मेहलकुना अस्पतालमा पुर्याएर उपचार भईरहेको जनाईएको छ ।

 

प्रतिकृया दिनुहोस्