OnlinePana

आज : २०८२ आषाढ २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २०, २०८२
४९ पटक

नेत्र शाही/जुम्ला,

असार २० गते । जुम्लाको सिंजा गाउँपालिकाले विद्यालयको पहुँमा पुग्न नसकेका अपाङ्गता भएका वालवालिकाको अध्ययनको लागि भन्दै वाल गृह सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले आर्थिक सहयोगमा आर्थिक अभावले पढ्न नपाएका तथा आमा वा वुवा नभएका वालवालिकालाई अध्ययन गर्नका लागि वालगृह तथा स्याहार केन्द्र शुरु गरिएको छ । सिंजा गाउँपालिका ३ फुटासिल आधारभुत विद्यालयमा अध्ययन, अध्यापन गराउने उद्देश्यका साथ गाउँपालिकाले स्थानीय संस्था अपाङ्गता शशक्तिकरण केन्द्रलाई बालगृहको व्यवस्थापनको जिम्मा दिईएको छ ।

सो वाल गृहको उद्घाटन गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल र उपायक्ष सितली रोकायाले गर्नुभयो । गाउँपालिकाले पहिलो चरणमा घरमा आर्थिक अवस्था कमजोर भएका शारिरिक अपांगता भएका वालवालिका र आमा वा वुवा नभएका १५ जना विपन्न बालवालिका वालगृहमा भर्ना भई आवासीय सुविधा लिई विद्यालयमा अध्ययन शुरु गरेको छ । गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले घरमा अध्ययन गर्नै कठिन हुने ति वालवालिकाको लागि आवास सुविधा सहितको गृह संचालनमा ल्याईएको जानकारी दिनुभयो । उहाँले यो काम सामाजिक क्षेत्रको उत्कृष्ट काम भएकाले वालवालिकाहरुको आवासीय सुविधा सहित अध्ययन हुने भएको छ । गाउँपालिकाले ति वालवालिकालाई हाईस्कुल शिक्षा सम्म आवास सुविधा दिन सक्ने बताएको छ । उनिहरुलाई अध्ययनका लागि भने आवासगृह नजिक भएको फुटासिल आधारभुत विद्यालय हुनेछ ।

अपाङ्ग शशक्तिकरण केन्द्रका अध्यक्ष सत्यनारायण योगीको अध्यक्षतामा सिंजा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुरथबहादुर रावतले वालगृह तथा आवास गुणस्तर व्यवस्थापनका लागि गाउँपालिका र वडापालिकाले प्रथामिकता दिने बताउनुभयो । गाउँपालिका शिक्षा शाखा प्रमुख शंकर धितालले विद्याललय वाहिर रहेका, अध्ययन गर्न नपाएका वालवालिकाहरु यो आवासीय गृहमा आई अध्ययनमा जोड दिईएको बताउनु भयो । उहाँले यस कार्यका लागि स्थानीय सरकार र सरोकारवालाको प्रथामिकता हुन आवश्यक छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य रामकृष्ण न्यौपानेले अपाङ्गता भएका वालवालिकाको शिक्षामा ग्यारेन्टी गर्ने उद्देश्यका साथ यो वालगृह निकै महत्वपूर्ण रहेको छ । यो कामका लागि गाउँपालिकालाई विशेष धन्यवाद दिनुभयो ।

जुम्लाको हिमा गाउँपालिकाले समेत यस अगाडि हिमा आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ । त्यहाँ झण्डै ५० भन्दा बढि वालवालिकाहरु आवासीय सुविधा लिई विद्यालय अध्ययन गरिरहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्