OnlinePana

आज : २०८२ साउन ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १७, २०८२
८२ पटक

१७ असार २०८२, मंगलबार

तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरिरहेका १२ भेडा पुरिएका छन् ।

हिजो दिउसो ४ः०० बजेको समयमा पाटनमा चरिरहेका भेडालाई पहिरोले पुरेको हो । बर्षातका कारण आएको पहिरोले पुरिएर १२ भेडा र एक घोडा मरेको भेटिएको ताम्ती टोप्लाका प्रहरी ईञ्चार्ज प्रहरी सहायक हवल्दार गणेशबहादुर बलायरले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थल कुहिरोले ढाकिएकोले कति भेडा तथा घोडा मरेको भन्ने एकिन हुन सकेको छैन । कृषकहरुले भने आआफ्ना भेडा जम्मा गरिरहेका छन् ।

ईञ्चार्ज बलायरको नेतृत्वमा स्थानीयसहित सुरक्षा टोली घटनास्थलमा पुगिसकेको छ । तातोपानी गाउँपालिका ७ जुम्लाका स्थानीय भेडापालक कृषक टेकराज रावतले आफूसहित आठ जना कृषकका भेडाहरु चरिरहेको अवस्थामा माथिबाट ठूलो पहिरो खसेर पुरेको बताउनुभयो । उक्त गाउँपालिका वडा नं.७ का वडाध्यक्ष तिलक रावतले पहिरोले धेरै भेडा मरेको भन्ने खबर आएपनि क्षतिको एकिन विवरण आउन समय लाग्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्