OnlinePana

आज : २०८२ आषाढ १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १६, २०८२
८ पटक

१६ असार २०८१, सोमबार

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हरेक नागरिक जागरुक र सचेत भएपछि मात्रै मुलुकको समुन्नति सम्भव हुने बताउनुभएको छ ।

विकासको मूल आधार जनचेतना भएको उल्लेख गर्दै, जनताको सक्रिय सहभागिता बिना कुनै पनि योजना सफल नहुने मुख्यमन्त्री कँडेलको भनाई थियो । आज वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ मा आयोजित स्थानीयवासीहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले राज्यले योजना बनाएर मात्र विकास हुने नभई त्यसको कार्यान्वयनमा जनताको प्रत्यक्ष संलग्नता आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “रातो किताबमा योजना आएर मात्रै पर्याप्त हुँदैन, जबसम्म जनताले त्यसको निगरानी, साथ र सहभागितामा उत्रदैनन्, तबसम्म विकासको गति अपेक्षितरूपमा अगाडि बढ्दैन ।“  जनताले विकास निर्माणका विषयमा सजग भई योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा निगरानी गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो । “राजनीतिज्ञ, कर्मचारी र जनप्रतिनिधिसँगै अब जनता पनि प्रत्यक्ष रुपमा विकास प्रक्रियाको हिस्सा बन्नुपर्ने धारणा राख्नुभएका उहाँले सरकारको प्राथमिकता स्थानीय आवश्यकता, क्षमता र जनअपेक्षाअनुसार हुने जनाउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्