OnlinePana

आज : २०८२ आषाढ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १४, २०८२जुम्ला,
८२ पटक

जुम्ला,असार १४ गते । जुम्लाको चन्दननाथ मन्दिरमा राखिएको दानपेटी भित्रको रकम चोरी भएको छ । अज्ञात व्यक्तिले दिउसै दानपेटीका भित्रको रकम चोरी गरेको छ । मन्दिरका ब्यस्थापक रत्नप्रसाद आचार्यका अनुसार विहिवार दिउसो दानपेटि भित्रको केही रकम चोरी भएको जानकारी दिनुभयो ।

उहाँले एक अज्ञात व्यक्तिले फलामको रटले भक्तजनले हाल्दै आउने सानो तिनो रकमको दानपेटीकामा रट हालेर मुठोमा पैसा लिएको सिसि क्यामराले देखाएको जानकारी दिनुभयो । उहाँका अनुसार तिनको खोजी भईरहेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविन बाबु रेग्मीले अनौपचारिक जानकारी भए अनुसार मन्दिरमा सुरक्षा निगरानी बढाउन खटिएको प्रहरीलाई निर्देशन दिईएको बताउनुभयो ।

चन्दननाथमा रहेको दानपेटीमा भने अहिले ताला लगाईएको छ । मन्दिरमै दिउसै कोही व्यक्ति फलामको रट लिएर दानपेटीबाट रकम निकालेर गएपछि भने मन्दिरमा चोरीको त्रास बढेको छ । दिउसै सुरक्षा तथा मन्दिरका व्यक्तिहरु हुनु पर्ने कसरी त्यो घटना भयो मानिसहरु अच्चमित भएका छन् । यस अगाडि केही बर्ष अगाडि चन्दननाथ मन्दिरमा मुर्ति चोरी भएका थिए । अन्य मुर्ति पत्ता लागेपनि ३ वटा मुर्ति पत्ता नलागेको मन्दिर स्रोतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्