OnlinePana

आज : २०८२ आषाढ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १४, २०८२
९ पटक

१४ असार २०८२, शनिबार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मान्छेको दैनिक जीवनमा प्रयोगमा आउने बहुपयोगी बिरुवा रोप्नुपर्ने बताउनुभएको छ ।

डिभिजन वन कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘बृहत वृक्षारोपण सप्ताह कार्यक्रममा बोल्दै वृक्षारोपण वातावरण संरक्षणका लागि मात्र नभई मानव उपयोगका हिसाबलेसमेत लाभदायी हुने बताउनुभयो । उहाँले भन्नुभयो, बिरुवा देखाउनलाई होइन, हाम्रो जीवनसँग जोडिने गरी प्रयोगमा आउन सक्ने, फल दिने र आर्थिक लाभसमेत दिने किसिमका बिरुवा रोपौं ।

वृक्षारोपणलाई अभियानका रुपमा लैजानुपर्नेमा जोड दिँदै उहाँले धेरैजसो ठाउँमा एकपटक बिरुवा रोपेर त्यसको संरक्षणमा ध्यान नदिने परम्पराको अन्त्य हुनुपर्ने जनाउनुभयो । आयोजकले रोपण मात्र होइन, रेखदेख र संरक्षणमा पनि ध्यान दिनुपर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो । वन विनास, भूक्षय, सुख्खा, असिनापानी जस्ता प्राकृतिक समस्याहरु वृक्षारोपणबाट नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले वन क्षेत्रको संरक्षण, सामुदायिक वनको सशक्तिकरण, पर्यावरणमैत्री खेती र हरियाली विस्तार कार्यलाई प्राथमिकतामा राखी स्थानीय तहहरुसँग सहकार्य गरेर वृक्षारोपण र वातावरण संरक्षणमा दीर्घकालीन योजनाहरु लागू गर्ने नीति लिएको उहाँले बताउनुभयो । कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कर्मचारी, विद्यार्थी, सुरक्षा निकाय, सामाजिक अभियन्ता र सर्वसाधारणको सहभािगता रहेको थियो ।

प्रतिकृया दिनुहोस्