OnlinePana

आज : २०८२ आषाढ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १३, २०८२
५२ पटक

नेत्र शाही /जुम्ला,

असार १३ गते । जुम्लाको हिमा गाउँपालिका जुम्लाले पढाई मेलालाई निरन्तरता दिएको छ । गाउँपालिकाले तेस्रो पढाई मेला हिमा गाउँपालिका वडा नम्बर कालिका आधारभुत विद्यालयमा शुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीको अध्यक्षतमा शुरु भएको पढाई मेलाको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले गर्नुभयो । मेलामा हिमा गाउँपालिकाका सवै विद्यालयले गरेका कामहरुको प्रदर्शनी समेतलाई निरन्तरता दिएको छ ।

प्रर्दशनीमा नेत्र ज्योति मावि ओदी प्रथम, राहदेव मावि मोफ्ला दृतीय र भानु माध्यामिक विद्यालय महावैपाथरखोलाले तृतीय स्थान हासिल गरेको छ । मेलामा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाको शैक्षिक उन्नति तथा पढ्ने वानीको विकासका लागि कर्णालीमै पहिलो पटक पढाईमेला शुरुवात गरिएको बताउनुभयो । उपाध्यक्ष सुपर्ना शाहीले पढाईमेलाको महत्वलाई वुझेर सक्रिय सहभागिता जनाउनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले हिमा गाउँपालिकाले सामाजिक क्षेत्रमा केही काममा गरेकाले धन्यवाद दिनुभयो । उहाँले हिमा गाउँपालिकाले साक्षरता घोषणा, वालविवाहमुक्त पालिका घोषणा समेत गरेको जानकारी दिनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता अमरजंग शाहीले हिमाका सकारात्मक काममा सहयोग गर्ने बताउदै धेरै कुरा सुधार्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
पढाईमेला शनिवार सम्म हुनेछ, उद्घाटन कार्यक्रममा स्थानीय बाजागाजा सहितको नाच तथा विभिन्न विद्यिालयको देउडा सहितको सास्कृतिक नाँच समेत गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्