OnlinePana

आज : २०८२ आषाढ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ५, २०८२
६ पटक

५ असार २०८२, बिहीबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहले कर्णाली प्रदेशसभामा कर्णाली प्रदेश आर्थिक विधेयक, २०८२ तथा विनियोजन विधेयक, २०८२ सभासमक्ष टेबुल गर्नुभएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको आज बसेको १६औं बैठकमा सभामुख नन्दा गुरुङले दुवै विधेयक सभासमक्ष टेबुल गर्न योजनामन्त्री शाहलाई समय दिनुभयो । समय दिएसँगै मन्त्री शाहले कर्णाली प्रदेश नियमावली २०८१ को नियम १३७ को उपनियम (२) बमोजिम सरकारको आगामी आव.२०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानित बजेट कर्णाली प्रदेश आर्थिक तथा विनियोजन विधेयक, २०८२ एक÷एक प्रति सभासमक्ष टेबुल गर्नुभएको हो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले कर्णालीको प्रतिपक्षी गरिबी, भोकमरी, अशिक्षा र भ्रष्टाचार भएकोले यसका विरुद्ध लड्न सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा हुने गरी बजेट तथा कार्यक्रमले बोल्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री यामलाल कँडेलले सरकारले प्रतिपक्षीले पनि अपनत्व गर्ने गरी बजेट ल्याएको र भएका त्रुटि सुधार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । सभामुख गुरुङले सभाको अर्को बैठक यही आठ गते दिउसो ३ः०० बजे बस्ने जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्