OnlinePana

आज : २०८२ आषाढ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २, २०८२
५ पटक

२ असार २०८२, सोमबार

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहले सरकारले नागरिकमैत्री बजेट ल्याएको बताउनुभएको छ ।

योजना मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शाहले कार्यकर्ता र उपभोक्तामुखी बजेटले मुलुकको विकास हुन नसकेको बताउनुभयो । उहाँले बजेट निर्माणका क्रममा योजना तथा विकास माग्ने कार्यकर्ताहरुको चर्को दबाब खेप्नु परेको जनाउनुभयो । बजेटमा विकास केन्द्रित योजना राख्न खोज्दा कार्यकर्ता खुसी नहुने खतरा बढेको उहाँको भनाई थियो ।

कार्यकर्ताले योजना हाल्दिनु पर्यो भनेका आधारमा तर्जुमा हुने विकासका योजनाले राज्यको दीगो विकास हुन नसक्नै भन्दै उहाँले व्यक्ति नभई संस्था बलियो बनाउने प्रणालीमा जानुपर्नेमा जोड दिनुभयो । यसो गर्दा आफ्ना पार्टीका कार्यकर्ता रिसाउने हुन भन्ने कुरा थाहा नभएको मन्त्री शाहले बताउनुभयो ।

विकास गर्ने बजेट भन्दा कार्यकर्ता पोस्याउने बजेट ल्याउने प्रणाली यो वर्ष योजना बैंकमार्फत जाने भएपछि यसले राम्रो प्रभाव पर्ने देखिन्छ । मन्त्री शाहले यस्ता साना योजनाले अल्पकालीन खुसी दिएपनि त्यसले स्रोतको दुरुपयोग हुने धारणा राख्नुभयो । योजना कसको राख्ने वा नराख्ने भन्ने कुराले निकै ठूलो दुविधा गरेको अनुभव सुनाउँदै उहाँले आशय भन्दा आवश्यकताका आधारमा योजना र बजेट बाँडफाँड गर्दा मात्र समग्र कर्णालीको न्याय हुने जनाउनुभयो ।

अर्थमन्त्री शाहका अनुसार बजेट तथा योजना व्यक्तिलाई भन्दा संस्थालाई एकमुष्ट दिने नीति अवलम्बन गरे मात्र त्यसको प्रत्यक्ष अप्रत्यक्ष लाभ सबैले लिन पाउन सक्छन् । हरेक क्षेत्रमा राजनीति हावी भएका कारण मुलुकको दीर्घकालीन विकासमा समस्या निस्केको यद्यपि विकास खाने प्रवृतिलाई पूर्णरुपले नियन्त्रण र निराकरण गर्न सकिने उहाँको भनाई थियो ।

उक्त मन्त्रालयका सचिव रविलाल शर्माले राजनैतिक आर्थिक र प्राविधिक तीनवटै पक्षमा ध्यान दिएर आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि उत्पादन र उत्पादकत्व, रोजागरी र आत्मनिर्भरता वृद्धि गर्न कृषि, पर्यटन, उद्योग र लगानीलाई केन्द्रित बनाएर बजेट ल्याएको दावी गर्नुभयो । विदेशबाट अनुभव लिएर स्वदेश फर्केका युवाहरुको सीपलाई पूँजी र लगानीमा रुपान्तरण गर्ने बजेट तथा कार्यक्रम ल्याइएको उहाँको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस्