OnlinePana

आज : २०८२ आषाढ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २, २०८२
७ पटक

१ असार २०८२, आईतबार

सुर्खेतः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष .२०८२÷०८३ का लागि रु.३२ अर्ब ९९ करोड ६६ लाख ९५ हजार बजेट सार्वजनिक गरेको छ ।

प्रदेशसभाको दोस्रो कार्यकालको छैटौ अधिवेशनको १४औं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीबबिक्रम शाहले उक्त बजेट सार्वजनिक गर्नुभएको हो । जसमा पूँजीगततर्फ रु.१९ अर्ब ९८ करोड २७ लाख १३ हजार (६० दशमलव ५५ प्रतिशत) र चालुतर्फ रु.सात अर्ब ७९ करोड ९१ लाख एक हजार (२३ दशलव ६७ प्रतिशत) विनियोजन गरिएको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा पाँच प्रतिशतले बढेको हो ।

योजनामन्त्री शाहका अनुसार वित्तीय व्यवस्थापनतर्फ रु.६१ करोड ५० लाख एक (दशमलव ८६ प्रतिशत), स्थानीय तहमा वित्तिय हस्तारणतर्फ रु.चार अर्ब ५९ करोड ९८ लाख ४१ हजार (१३ दशमलव ९५ प्रतिशत विनियोजन गरिएको छ । आगामी आवको लागि अनुमानित खर्च व्यहोर्ने स्रोत मध्य आन्तरिक आयबाट रु.९६ करोड ७४ लाख ११ हजार र चालु आव.को खर्च नभई बचत हुने रकम रु.पाँच अर्ब ६९ करोड ६८ लाख ४४ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुने रकम रु.१० अर्ब २७ करोड ३० लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु.१० अर्ब ५६ करोड चार लाख र सशर्त अनुदानबाट रु.चार अर्ब ४४ करोड ६० लाख, संघीय सरकारबाट प्राप्त हुने समपुरक अनुदानतर्फ रु.५३ करोड ९७ लाख र विशेष अनुदानतर्फ रु.४९ करोड ४६ लाख परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । संघीय सरकारबाट सशर्त अनुदानतर्फ वैदेसिक सहायताबाट रु.एक करोड ८७ लाख स्रोत परिचालन गर्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्