OnlinePana

आज : २०८२ आषाढ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी ,जेठ ३२, २०८२जुम्ला,
११ पटक

जुम्ला,जेठ ३१ गते । सुख्खा पहिरोले अवरुद्ध कर्णाली राजमार्ग जुम्ला खण्ड ख्ुलेको छ । दिउसो सवा २ बजे सुख्खा पहिरो आउदा राजमार्ग अवरुद्ध भएको थियो । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर १ स्थित राँका खण्डमा माथिबाट ठूला ढुंगा सहितको पहिरो आएपछि राजमार्ग बन्द भएको थियो ।

यता सड्क डिभिजन कार्यालय जुम्लाका अनुसार राजमार्ग खुलेको छ । कार्यालय प्रमुख दिपेन्द्र चौधरीका अनुसार डिभिजन कार्यालयले जेसिभि पठाएपछि करिब ३,४ घण्टा पछि राजमार्ग खुलेको छ । राजमार्गमा आएको पहिरो खुलेपछि अलपत्र परेका यात्रु, यात्रुवाहक साधन तथा मालवाहक साधन संचालन भएका छन् । जुम्लाको नाग्म देखी बजार खलंगा जाने मुख्य मार्ग बन्द भएपछि ३ घण्टा यात्रु अलपत्र भएका थिए ।
सड्क क्षेत्र बिस्तार भएको तथा जथाभावी ढुंगा निकालेका कारण कमजोर भई माथीबाटको भाग खसेर राजमार्ग बन्द भएको थियो । दिउस भएका कारण भने यस क्षेत्रमा मानवीय क्षेति हुन सकेन ।

क्याप्सन :कर्णाली राजमार्ग जुम्ला खण्ड तस्बिर नेत्र शाही:जुम्ला ।

 

 

प्रतिकृया दिनुहोस्