OnlinePana

आज : २०८२ आषाढ १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २७, २०८२
७१ पटक

 

२६ जेठ २०८२, सोमबार

सुर्खेतः कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा टेबुल गरिएको छ ।

प्रदेशसभाको दोस्रो कायकोलको छैटौं अधिवेशनको चौधौं बैठकमा सभामुख नन्दा गुरुङको अनुमति अनुसार सामाजिक विकासमन्त्री घनश्याम भण्डारीलाई कर्णाली प्रदेशसभा नियमवाली २०८१ नियम ११२ को उपनियम ३ बमोजिम सभासमक्ष टेबुल गर्नुभएको हो । कर्णाली प्रदेशभित्रको भाषा, लिपि, कला, साहित्य, लोकसंस्कृति, लोकगाथा, लोकवार्ता र संगीतको अध्ययन, अनुसन्धान संरक्षण, प्रवद्र्धन तथा विकास गर्न उद्देश्यले मन्त्रालय उक्त विधेयक ल्याएको हो ।

त्यसैगरी, सभामुखको अनुमतिसँगै कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहीले प्रदेशसभा नियमावली २०८१ को नियम ११४ को खण्ड क बमोजिम कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भनि सभासमक्ष प्रस्ताव गर्नुभयो । विधेयकको सामान्य छलफलमा प्रदेशसभा सदस्य भीमप्रकाश शर्मा, कल्याणी खड्का र कलबहादुर हमालले भाग लिनुभयो ।

सभामुख गुरुङले कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम ११७ बमोजिम उक्त विधेयकमा संशोधनको सूचना पेशका गर्न चाहनु हुने सदस्यहरुका लागि ७२ घण्टाको समयसीमा प्रारम्भ भएको जानकारी गराउनुभयो । प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले आकस्मिक समयमा उठाउनुभएको विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सभाको अर्को बैठक आगामी असार १ गते आईतबार दिउसो ३ः०० बजे बस्ने जानकारी गराउनुभयो ।

प्रतिकृया दिनुहोस्