OnlinePana

आज : २०८२ जेठ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २६, २०८२
५ पटक

२५ जेठ २०८२, आईतबार

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष .२०८२÷०८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको आज बसेको बाह्रौं बैठकमा सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल कँडेललाई आव.२०८२÷०८३ को नीति तथा कार्यक्रम पारित गरियोस् भनि सभामा प्रस्ताव गर्न समय दिनुभयो । मुख्यमन्त्री कँडेलले प्रदेशसभा नियमावली २०८१ को नियम ३९ को उपनियम ४ बमोजिम नीति तथा कार्यक्रम पारित गरियोस् भनि सभासमक्ष प्रस्ताव गर्नुभयो ।

मुख्यमन्त्रीले नीति तथा कार्यक्रम पारितका लागि सभासमक्ष प्रस्ताव गरेपश्चात् सभामुख गुरुङ ध्वनि मत लिनुभयो । प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यहरुले इन्कार गरेपनि सत्ता साझेदार दलका सदस्यहरुको ध्वनि मत बहुमत भएको भन्दै सभामुख गुरुङले प्रदेश सरकारको आगामी आव.२०८२÷०८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो । उहाँका अनुसार अर्को बैठक यही जेठ २६ गते दिउसो ३ः०० बजे हुनेछ ।

प्रतिकृया दिनुहोस्