

२४ जेठ २०८२, शनिबार
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आज सम्पन्न राष्ट्रियस्तरको खुला महिला÷पुरुष १० किलोमिटर “मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२” मा रामजी बस्नेत र पूर्णलक्ष्मी न्यौपाने प्रथम हुनुभएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित प्रतियोगितामा प्रथम हुने बस्नेत र न्यौपानेले जनही ५०÷५० हजार नगद पुरस्कार प्राप्त प्राप्त गर्नुभएको छ । प्रतियोगिताका विजयी खेलाडीहरुलाई वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा नगर प्रमुख मोहनमाया ढकालले पुरस्कार प्रदान गनुभयो । पुरुषतर्फ बस्नेतले ३१ मिने ३२ सेकेण्डमा निर्धारित किलोमिटर दूरी पार गर्नुभएको थियो भने महिलातर्फ न्यौपानेले ३७ मिनेट ४२ सेकेण्डमा पुरा गर्नुभयो ।
त्यसैगरी, पुरुषतर्फ दोस्रो हुने नरेन्द्रसिंह रावतले ३१ मिनेट ३८, तेस्रो हुने मिङमार सिंगी तामाङले ३१ मिनेट ५७ सेकेण्ड, चौथो हुने कर्णबहादुर रोका मगरले ३२ मिनेट ७ सेकेण्ड र पाँचौं स्थान हासिल गर्ने युवकराज बुढाले ३३ मिनेट २६ सेकेण्डमा उक्त दूरी पार गर्नुभयो । प्रतियोगितामा दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थान प्राप्त गर्नेलाई रु.३०, २०, १५ र १० हजार नगद पुरस्कार प्रदान गरिएको एकेडेमीका एकेडेमीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक तेजबिक्रम बस्नेतले जानकारी दिनुभयो ।
त्यसैगरी, महिलातर्फ दोस्रो हुने दीपा परियारले ३७ मिनेट ५३ सेकेण्ड, तेस्रो हुने सिर्जना पाण्डेले ३८ मनिेट २७ सेकेण्ड, चौथो हुने आशा रावतले ३९ मिनेट ५३ सेकेण्ड र पाँचौं हुने राज्यलक्ष्मी रावतले ४० मिनेट २० सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो । संयोजक बस्नेतका अनुसार प्रतियोगितामा दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थान प्राप्त गर्नेहरुले रु.३०, २०, १५ र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
अठार वर्ष मुनिका विद्यालयस्तरीय बालबालिका सम्मिलित पाँच किलोमिटर “मदन भण्डारी कप खुला सडक दौड प्रतियोगिता २०८२” को पुरुषतर्फ पहिलो रमेश बुढा, दोस्रो पुरण सिंह, तेस्रो रमेश शाही, चौथो भूपेन्द्र कँडेल र पाँचौ हुने हेमन्त नेपालीलाई क्रमश, रु.२०, १५, १०, ५ र ३ हजार नगद पुरस्कार प्रदान गरिएको छ । छैटौंदेखि दशौं स्थान प्राप्त गर्ने क्रमशः विकास विक, प्रवीण नेपाली, सुन्दर थापा, सोनाम बिसी र सुजन मल्ललाई जनही एक÷एक हजार नगद पुरस्कार दिइएको थियो ।
त्यसैगरी, महिलातर्फ प्रथम हुने कल्पना बुढा, दोस्रो सन्देला बुढा, तेस्रो निरुता ढकाल, चौथो सृष्टि जोशी र पाँचौं स्थान हाँसिल गर्ने निर्मलाकुमारी खड्कालाई क्रमशः रु.२०, १५, १०, ५ र ३ हजार नगद पुरस्कार प्रदान गरिएको छ । छैटौंदेखि दशौं स्थान प्राप्त गर्ने सोमिता बडुवाल, नेहा देवकोटा, आरुसी टोलाङ्गी, गंगाकुमारी भट्टराई र आयुस्मा रावतलाई जनही एकएक हजार नगद पुरस्कार दिइएको थियो ।
‘सबैका लागि खेल’ भन्ने नारासहित खेलकुदको प्रवद्र्धन र खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा पाँच हजार खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।