OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २३, २०८२
३३६ पटक

२२ जेठ २०८२, बिहीबार

सुर्खेतः उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०८१÷०८२ को जेठ तेस्रो सातासम्म करिब ७९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।

उच्च अदालत सुर्खेतद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘अदालतको काम कारवाहीका सम्बन्धमा पत्रकारसँग अन्तरक्रिया’ कार्यक्रममार्फत गत वर्षबाट सरी आएका एक सय ६२ र चालु आव.मा दर्ता भएका छ सय १३ गरी कुल छ सय नौ मुद्दाहरुमा ७८.५८ प्र्रतिशत मुद्दा फछ्र्यौट भएको अदालतका न्यायधीश मदन पाेखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म करिब ७९ प्रतिशत फछ्र्यौट भएपनि यो वर्षको मसान्तसम्म ८५ प्रतिशत मुद्दा फछ्र्यौट गरिने लक्ष्य राखिएको छ ।

भेटघाटमा न्यायधीश पाेखरेलले पुनरावेदन अन्तरगत देवानी ८५, सरकारवादी फौंजदारी पाँच सय ४१, दुनियावादी फौजदारी ४४ गरी छ सय ७०, रिट ९४ र शुरु मुद्दा ११ गरी सात सय ७५ मुद्दामा छ सय नौ फछ्र्यौट भएको र एक सय ६६ फछ्र्यौट हुन बाँकी रहेको जनाउनुभयो । त्यस्तै, प्रतिवेदनअन्तरगत मुलुक फौजदारी कार्यविधि संहिताको ७३ नं.बमोजिम एक सय ३५ र मुलुकी देवाीन कार्यविधि संहिताको एक सय ५७ नं बमोजिम १७ मुद्दा गरी एक सय ५२ मा एक सय २९ फछ्र्यौट र १५ फछ्र्यौट हुन बाँक रहेको उहाँले बताउनुभयो ।

मुद्दाको विषय अनुसार जबरजस्ती करणीसम्बन्धी एक सय ३१, ज्यान मार्ने कसुरका एक सय आठ, लागु औषधका ७३, बिबाह सम्बन्धी ६१, चोरीका ४५, वन तथा वन्यजन्तु सम्बन्धी १७, जातीय छुवाछुत सम्बन्धमा ३१, हातहतियार खरखजनाका छ, मानव बेचबिखन तथा ओसारपसारका ५, रिट निवेदन ९४ र अन्य दुई सय चार मुद्दा दर्ता भएको न्यायधीश पाेखरेलले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै उच्च अदालत सुर्खेतका कायम मुकायम मुख्य न्यायधीश कृष्णलाल भट्टराईले चालु आर्थिक वर्षमा एक हजार मुद्दा दर्ता हुने र सात सय १२ मुद्दा फछ्र्यौट हुने लक्ष्य राखिएको बताउनुभयो । उहाँले कर्णालीमा न्यायलयले सम्पादन गर्ने मुद्दा सम्बन्धी समाचार कम मात्र आउने गरेको बताउँदै गहिरो अध्ययन अनुसन्धानबाट न्यायसम्बन्धी समाचार सम्प्रेषण गर्न कर्णालीका पत्रकाहरुलाई अनुरोध गर्नुभयो । न्यायलय संविधान र कानूनबाट मात्र प्रभावित हुने बताउनुभएको कामु मुख्य न्यायधीश भट्टराईले भिड वा अन्य कुनै दबाबमा अदालत नडगमाउने प्रष्ट्याउनुभयो ।

 

प्रतिकृया दिनुहोस्