OnlinePana

आज : २०८२ जेठ २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १९, २०८२
३४ पटक

१८ जेठ २०८२, आईतबार

सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा खेलकुद प्रतियोगिता हुने भएको छ । यही जेठ २४ गते राष्ट्रियस्तरको महिला÷पुरुष १० र १८ वर्ष मुनिका विद्यालयस्तरीय बालबालिका सम्मिलित पाँच किलोमिटर “मदन भण्डारी कप खुला सडक दौड प्रतियोगिता २०८२” हुने भएको हो ।

उक्त दौड प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्टस् एकेडेमीले गर्ने भएको वीरेन्द्रनगरमा आज आयोजित पत्रकार भेटघाटमार्फत एकेडेमीका कार्यक्रम संयोजक तेजबिक्रम बस्नेतले जानकारी दिनुभयो । ‘सबैका लागि खेल’ भन्ने नारासहित खेलकुदको प्रवद्र्धन र खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न थालिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रतियोगितामा भाग लिनेहरु जेठ २२ गतेसम्म दर्ता गरिसक्नुपर्नेछ । दर्ता शुल्क लाग्ने छैन । खेल बिहान ७ः०० बजेबाट सुरु हुनेछ । महिला÷पुरुषहरुले नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो र विद्यालय तहका प्रतियोगीहरुले सम्बन्धित विद्यालयको सिफारिस पत्र र परिचयपत्र पेश गर्नुपर्नेछ ।”

संयोजक बस्नेतका अनुसार १० किलोमिटर खुला दौड प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय, चौथो र पाँचौं स्थान हाँसिल गर्नेले क्रमशः रु ५०, ३०, २०, १५ र १० हजार नगद पुरस्कार पाउने छन् । त्यसैगरी, विद्यालयस्तरीय पाँच किलोमिटर दौडमा प्रथम, द्वितिय, तृतीय, चौथो र पाँचौं स्थान हाँसिल गर्नेले क्रमशः रु २०, १५, १०, पाँच र तीन हजार नगद पुरस्कार पाउने छन् । छैटौंदेखि दशौैं स्थान प्राप्त गर्नेहरुलाई जनही रु.एक÷एक हजार नगद प्रदान गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्