OnlinePana

आज : २०८२ जेठ १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीजेठ १५, २०८२जुम्ला
१०२ पटक

जुम्ला,खलङ्गा १४ गते । जुम्लामा मार्सी धान रोप्ने समय यतिवेला धमाधम जिल्लाभरी चलिरहेको छ । मार्सीको रोपाई चलिरहेको समयमा भने यहाँको सवै भन्दा ठूलो रोपाई चन्दननाथ भैरवनाथ मन्दिरको सेरा डाव (ज्यूला) मा सरकारी, सरोकारवाला तथा भक्तजन स्तरबाटै रोपाई सम्पन्न गरिएको छ ।
चन्दननाथ नगरपालिकाको सेराडावमा रहेको २२ भारी खेतमा यो बर्ष चन्दननाथ, भैरबनाथ गुठि ब्यबस्थापन, चन्दननाथ बहुउद्देश्यिय सहकारी संस्था र चन्दननाथ माध्यामिक विद्यालयको सहयोग तथा आयोजनामा मार्सी धानको रोपाई गरिएको छ । चन्दननाथ, भैरवनाथ गुठि ब्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाका अनुसार परम्परा देखी रोपाई गर्ने चलन अनुसार यस बर्ष पनि चन्दननाथको सेराडाबमा रोपाई गरिएको जानकारी दिनुभयो ।

रोपाई उत्सवमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी खड्का, गुठिव्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर थापा सहित सरोकारवाला, विद्यार्थी तथा कर्मचारी र स्थानीयको सहभागिता भएको छ । मार्सी धानको रोपाईमा गित गाउने सहितका, मागल गाउँने विउको मुठा समातेर नाचेर रमाईलो गर्ने प्रचलन रहेको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द गौरीनन्द आचार्यले परम्परागत रुपमा रोपिदै आएको काम निरन्तरता भएको जानकारी दिनुभयो । उहाँले हाम्रो पूर्खाको ईतिहास सँग जोडिएको, मुख्य खाना मार्सीधान भएको र यसको बजार निकै महत्वपूर्ण भएको हुदा मार्सी बढाउने योजना बनाईनुपर्ने बताउनुभयो ।

जानकारहरुका अनुसार चन्दननाथ मन्दिरको ५४ हजार क्षेत्रफलमा रोपिने गरेको मार्सीधान केही जग्गा अतिक्रमण भएको, केही भाग भाडामा दिई स्याउ लगाईएको छ । चन्दननाथ बहुउद्देश्यिय सहकारी संस्थाका ब्यवस्थापक ऋषिराम पाण्डेले मार्सीको संरक्षण गर्न आवश्यक भएकाले रोपाईलाई निरन्तर दिनुपर्ने जोड दिनुभयो ।

यस्तो छ मार्सीको ईतिहास :
बि.सं १२ औ सताब्दीमा चन्दननाथ भैरवनाथ बाबाहरुले मार्सीको धान तातोपानीको लाक्षु ज्यूलोको गुरुफोक्टोमा पहिलो पटक मार्सीधान रोपेका थिए । चन्दननाथ भैंरवनाथ वावाकै नाममा अहिले विशाल चन्दननाथ भैरवनाथ मन्दिर पनि छन् । त्यसपछि चन्दननाथ मन्दिरको सेराडाव सहित जुम्ला जिल्ला र कर्णालीमा मार्सिको धान फैलिएको भन्ने चलन छ । सेराडावमा फल्ने धान चन्दननाथ भैरवनाथ मन्दिरको भोकचलन र मन्दिरका लागि प्रयोग गरिदै आएको छ । जुम्लाको लाक्षु ज्यूलोमा समेत लामो समयदेखी रोपाई हुदै आएको छ ।
सेरा कुलो वन्द भयो : 
स्थानीय जानकार रमानन्द आचार्यका अनुसार पहिले सेराडावको ५३ मुरी धान हुने गर्दथ्यो अहिले कुलो नभएका कारण रोप्न छोडिएको छ । १८ म्ुरी अहिले जनेरेटरबाट पानी ल्याएर धान रोपिएको छ । जग्गा अतिक्रमण तथा धान रोप्न महत्व घटदै गएपछि कुलो समेत बन्द भएको र अव सो कुलो फेरी बनाउन आवश्यक रहेको जनप्रतिनिधीहरुकै जोड छ ।

क्याप्सन ः जुम्लाको सवैभन्दा ठूलो रोपाई चन्दननाथ भैरवनाथ मन्दिरको सेराडावमा मार्सीधान रोप्दै तस्बिर नेत्र शाही जुम्ला ।

यो पनि हेर्नुहोस्

हिमा कर्णालीकै पहिलो बालविवाह मुक्त गाउँपालिका घोषणा

पातारासी पूर्ण खाेप सुनिश्चित तथा दिगाेपन घाेषणा पालिका

प्रतिकृया दिनुहोस्