OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी जेठ १३, २०७७जुम्ला,
६२२ पटक

जुम्ला जेठ १३ गते । जुम्लामा पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईनमा राखिएका ४६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले कर्णाली प्राविधिक शिक्षालयमा राखिएका ४६ जना, प्रतिष्ठानका २३ र कालिकोटका १ जना गरी ७० जनाको पिसिआरको परीक्षण गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिनुभएको छ । यसैगरी अहिले सम्म प्रतिष्ठानले दुई हजार आठ सय ३० जनाको पिसिआर परीक्षण गर्न सफल भएको छ । ति सवैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिकृया दिनुहोस्