

२८ बैशाख २०८१, आईतबार
सुर्खेतः कर्णाली प्रदेश सरकारले बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा आएको छ ।
सुर्खेत वीरेन्द्रनगरमा स्थापित केन्द्रको आज कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले बालबालिकाको खोजतलासका लागि सहयोग पुग्ने उद्देश्यले आश्रयस्थलको रुपमा केन्द्र सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “केन्द्र स्थापनाले यहाँका बालबालिकाको संरक्षण र सम्वद्र्धनमा टेवा पुग्नेछ । आगामी दिनहरुमा केन्द्रलाई थप व्यवस्थितरुपले सञ्चालन गर्न प्रदेश सरकारले योजना बनाएर अगाडि बढ्छ ।” मन्त्री भण्डारीका अनुसार यहाँका बालबालिकाको खोजतलासको लागि टोलफ्री नम्बर १०४ मा सम्पर्क गरी समस्या टिपाउन सकिनेछ ।
सामाजिक विकास मन्त्रालयअन्तरग सञ्चालनमा हुने बालबालिका खोजतलास समन्वय केन्द्रमा नेपाल प्रहरी र टेलिकमको सहकार्य रहने बताइएको छ ।