OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २८, २०८२
२६१ पटक

 दाना कुमारी शाही, सुर्खेत 

२८ बैशाख २०८१, आईतबार

सुर्खेतः कर्णाली प्रदेश सरकारले बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा आएको छ ।

सुर्खेत वीरेन्द्रनगरमा स्थापित केन्द्रको आज कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले बालबालिकाको खोजतलासका लागि सहयोग पुग्ने उद्देश्यले आश्रयस्थलको रुपमा केन्द्र सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केन्द्र स्थापनाले यहाँका बालबालिकाको संरक्षण र सम्वद्र्धनमा टेवा पुग्नेछ । आगामी दिनहरुमा केन्द्रलाई थप व्यवस्थितरुपले सञ्चालन गर्न प्रदेश सरकारले योजना बनाएर अगाडि बढ्छ ।” मन्त्री भण्डारीका अनुसार यहाँका बालबालिकाको खोजतलासको लागि टोलफ्री नम्बर १०४ मा सम्पर्क गरी समस्या टिपाउन सकिनेछ ।

सामाजिक विकास मन्त्रालयअन्तरग सञ्चालनमा हुने बालबालिका खोजतलास समन्वय केन्द्रमा नेपाल प्रहरी र टेलिकमको सहकार्य रहने बताइएको छ ।

प्रतिकृया दिनुहोस्