OnlinePana

आज : २०८३ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १३, २०७७
७९० पटक

सुर्खेत, १३ जेठ २०७७, बुधबार

कर्णालीको प्रदेश राजधानी सुर्खेतमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएका १२ जना वीरेन्द्रनगर तथा भेरी नगरपालिका र सिम्ता गाउँपालिकाको रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनाराण तिवारीले जानकारी दिनुभयो । संक्रमितहरुमा वीरेन्द्रनगर नगरपालिका १–३ र ६ वडाका ७ पुरुष र एक महिला, भेरीगंगा नगरपालिका दुई पुरुष र सिम्ता गाउपालिका ४ सुर्खेतका दुई पुरुष रहेको उहाँले बताउनुभयो ।

भारतबाट आएका उनीहरुलाई मंगलबार सुर्खेतको बबई, सुब्बाकुना नाका र घण्टाघरको खुलामञ्चबाट स्वाव लिई आरटी पिसिआर गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । १२ जना सुर्खेतमै थपिएसँगै अब कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ । यता कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले पछिल्लो समय कर्णालीको अवस्था भवावह बन्दै गएको र समयमै बोर्डरमा क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई जिम्मा दिन नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । पछिल्लो समय भारतबाट भित्रिएका व्यक्तिहरुमा संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश सरकारले पनि यस अघि नै भारतबाट आउने नेपालीलाई सीमा नाकामै परीक्षण गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नेपाल सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई आग्रह गरेको थियो । कर्णाली प्रदेश सरकारले २३ हजार कर्णालीवासी आउने अनुमान गरेको त्यो संख्या बढ्ने देखिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्