OnlinePana

आज : २०८२ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १५, २०८२
२१६ पटक

नेत्र शाही,काठमाडौं,

वैशाख १४ गते । नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै एक महिना देखी आन्दोलनमा रहेका जुम्लाका ५ जना घाईते भएका छन् ।
नयाँ शिक्षा उैन जारी गर्न भन्दै झण्डै एक महिना देखी आन्दोलनरत रहेका शिक्षक र प्रहरी विच भएको झडपमा जुम्लाका शिक्षकहरु धिरबहादुर वड, देवि शर्मा धिताल, रामबहादुर शाही, रविन्द्र कुमार रोकाया र प्रेमलाल धिताल सामान्य घाईते भएका छन् ।

विजुली बजार देखी बानेश्वर क्षेत्रमा भईरहेको आन्दोलनमा प्रहरीले गरेको धरपकटमा उनिहरु घाईते भएका शिक्षक महासंघ जुम्लाका अध्यक्ष हर्कबहादुर महतले बताउनुभयो । शिक्षक महासंघ जुम्लाका सहध्यक्ष तथा आन्दोलन परिचालन समिति जुम्लामा संयोजक धिरबहादुर वडले आफुलाई प्रहरीले गर्धनमा हानेर घाईते बनाएको बताउनुभयो । उहाँले आफु सहित जुम्लाका ५ जना घाईते भएका जानकारी दिनुभयो । आफु चोट लागेपछि सिभिल अस्पतालमा उपचार गरेर फर्किएको बताउनुभयो ।

शिक्षक महासंघका अनुसार सिञ्जा २ निवासी शिक्षक महासंघ जुम्लाका सहअध्यक्ष आन्दोलन परिचालन समितिका संयोजक, गंगा मावि पेरेमा कार्यरत धिरबहादुर वडको गर्धनमा चोट लागेको छ । सिञ्जा गा.पा. ३ निवासी देवि शर्मा धिताल फुटासिल आधारभुत विद्यालय धिाताललिहीका शिक्षकलाई ढाणमा चोट लागेको छ । जनजागृति मावि तिला ६ घोडे रविन्द्र कुमार रोकायालाई ठाउँकोमा सामान्य चोट लागेको छ । यसैगरी सिँजा गाउँपालिका ६ निवासी विद्यालय कर्मचारी संगठनका जिल्लाध्यक्ष पनि सामान्य घाईते हुनु भएको छ । यसैगरी सिँजा गा.पा ३ निवासी भैरव आधारभुत विद्यालय हिमा ३ जोगिवाडाका शिक्षक प्रेमलाल धिताललाई पनि चोटपटक लागेको छ । शान्तिपूर्ण आन्दोलनलाई दवाउन खोजिए पनि शिक्षक नडराउने एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्ला अध्यक्ष जयशंकर धितालले बताउजनुभयो ।

आन्दोलनका क्रममा झण्डै दुई दर्जन बढि पत्रकार घाईते भएका छन् । रिपोटिङ्गका क्रममा प्राईम टिभिका पत्रकार सविना कार्कीको आखामा गम्भिर चोट लागेर अस्पताल समेत भर्ना हुनु भएको छ । नेपाल शिक्षक महासंघका सहध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीका अनुसार शिक्षक पदम बटालालाई प्रहरीले कुटेपछि अशान्त हुन पुगेको र ६० जना शिक्षक घाईते भएका बताउनुभयो । यता प्रहरीले भने घाईतेको तथ्यांक संकलन गरिरहेको बताउनुभयो । यता शिक्षक महासंघका केन्द्रीय अध्यक्ष लक्ष्मी किश्वर सुवेदीले आन्दोलनलाई कसैले पनि कुनैपनि हालतमा दवाउन नसक्ने र थप कडा हुने चेतावनी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्