OnlinePana

आज : २०८२ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १३, २०८२
८४ पटक

नेत्र शाही,काठमाण्डाै :

वैशाख १३ गते । यही वैशाख ७ गते जुम्ला हिमा गाउँपालिका निवासी कालिबहादुर वुढाको घटनाको बिषयमा गृहमन्त्रीलाई ध्यानाकर्षण गरिएको छ ।
घटना निर्मम भएकाले पिडितलाई न्याय दिन तथा उचित क्षेतिपुर्तिको मागका लागि माग गर्दै गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गरिएको हो । प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले गृहमन्त्री लेखकलाई ज्ञापन पत्र वुझाएर ध्यानाकर्षण गर्नु भएको छ । उहाँले लिखित रुपमा कालिबहादुर बुढाको घटनाका दोषीलाई कारवाही गर्न तथा उचित क्षेतिपुर्तिका लागि ध्यानाकर्षण गरिएको बताउनुभयो ।

सांसद लामाले गहृमन्त्रीलाई वुझाएको ध्यानाकर्षण पत्रमा मिति २०८२ साल वैशाख ७ गते विहान ६ः३० बजे स्ुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका २ रेडियो नेपाल नजिकै कर्णाली राजमार्गमा हिमा गाउँपालिका वडा नम्बर ४ तलिकुडु गाउँ निवासी बष ५६ का कालिबहादुर वुढा आफ्नो सड्क किनार तर्फ हिडिरहेको अवस्थामा मध्यपश्चिम यातायात समितिको कर्णाली प्रदेश ००१ ख ११५ नम्बरको फोर्स गाडिले ठक्कर दिई निधन भएको घटना प्रति दुःख व्यक्त गर्दछु ।
ध्यानाकर्षणपत्रमा भनिएको छ, यसरी आफ्नो कामको सिलसिलमा हिडिरहेको व्यक्तिलाई ठक्कर दिई निधन हुदा सवारीचालकको चरम लापरवाही रहेको कुरा पुष्टि गरिन्छ । यस्तो गम्भिर घटनाका पिडित परिवारलाई उचित क्षेतिपुर्ति र न्याय दिनुको साटो उल्टै पिडितको पक्षमा न्याय माग्दै प्रर्दशन गरि।रहेका व्यक्तिहरु माथी धरपकट गरि हिरासतमा लिई गालि गलोज गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको छ ।

सांसद लामाले यस दुःखत घटना प्रति नेपाल सरकार गृह मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराउदै पिडित परिवार सँग वार्ता तथा सम्वात गरि उचित क्षेतिपुर्ति र राहातको व्यवस्था गर्नुका साथै यसरी चरम लापरवाही गरि अर्काको ज्यान लिने दोषी उपर कानून बमोजिम कारवाही गरिदिनु हुन मन्त्रीलाई अनुरोध गरिएको छ । पत्र वुझदै गृहमन्त्री लेखकले घटनाको तत्काल वुझेर न्याय र क्षेतिपुतिृका लागि पहल गर्ने बताउनु भयो ।

यसैगरी घटनाको बिषयमा सुर्खेत र जुम्लामा आन्दोलन चर्किएको छ । वुढाका आफन्तले कर्णाली राजमार्गको नाग्ममा बन्द गरेर ध्यानाकषण गराएका छन् भने विरेन्द्रनगरको ऐरिचोक शुक्रवार दिनभर तनाग्रस्त भयो । यसरी पिडितलाई न्याय दिन भन्दै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाही सहितको टोली अहिले आन्दोलनमा छ ।

यसका साथै घटनाका विषयामा कर्णालीका ३ ठूला राजनैतिकदलहरुले विज्ञेप्ति जारी गरेर कालिबहादुर वुढाको घटना निर्मता पूर्वक हत्या भएको बताएका छन् । नेपाली कांग्रेस कर्णालीका सभापति ललितजंग शाही, नेकपा माओवादी केन्द कर्णालीका अध्यक्ष विमला केसी र नेकपा एमाले कर्णालीका उपाध्यक्ष टेकराज पछाईले संयूक्त विज्ञेप्ति जारी गर्दै घटनाको दोषीलाई कारवाही तथा परिवारलाई उचित क्षेतिपुर्ति दिन ध्यानाकर्षण गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्