बैशाख ७, २०८२

३९ पटक

७ बैशाख २०८२, आईतबार
जुम्लाः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिका सह–प्राध्यापक डा.डबलबहादुर धामी नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको मिति २०८२ बैशाख ४ गतेको निर्णयअनुसार रिक्त रहेको उपकुलपतिको जिम्मेवारी डा.धामीलाई दिइएको हो प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर)समेत रहनुभएका डा. धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्यहरु सुचारु गर्ने अधिकारसहति निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
यस अघि प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलको पदावधि गत चैत २१ गते सकिएपछि उक्त पद खाली रहेको थियो ।