OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १, २०८२
४४ पटक

 १ बैशाख २०८२, सोमबार

सुर्खेत: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नववर्ष २०८२ सालको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायु जीवनको शुभकामना व्यक्त गर्नुभएको छ ।

नयाँ वर्षलाई विगतको समीक्षा तथा भविश्यमा गरिने कार्यहरुको योजना बनाउने अवसरका रुपमा स्वागत गर्दै उहाँले हरेकले नयाँ संकल्प, सोच र यात्राको सुरुवात गर्नुपर्नेमा जोड दिनुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कँडेलले भन्नुभएको छ, “नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव हो । यस अवसरमा हामी सबैले आपसी प्रेम, सहकार्य, सहिष्णुता र एकताको भावना फैलाउँदै सामुहिक हितका लागि योगदान पु¥याउन सक्नुपर्दछ ।”

नेपाली जनताको लामो राजनीतिक संघर्षपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अनुसार संघीय संरचनाको नयाँ अभ्यासको रुपमा प्रदेश संरचना प्राप्त गरिएको बताउनुभएका उहाँले संविधानतः प्राप्त प्रदेश संरचनालाई बलियो बनाउँदै सरकारप्रति नागरिकको भरोसा बढाउने गरी आफ्ना कामकारवाही अगाडि बढाउनु यतिबेला सबैको प्रमुख दायित्व भएको जनाउनुभएको छ ।

अनेकौं चुनौती र सम्भावनाहरु बोकेर आएको नव वर्षमा चुनौतीहरुलाई आत्मसात् गर्दै अवसरमा रुपान्तरण गर्ने साझा संकल्पले कर्णाली प्रदेशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रेरणा दिने उहाँको विश्वास छ । नव वर्ष २०८२ ले एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास‚ कुरीति एवं कुसंस्कारहरूलाई हटाउँदै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण सबैलाई प्रेरणा प्रदान गरोस् भन्नु शुभकामना मुख्यमन्त्री कँडेलले व्यक्त गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस्