OnlinePana

आज : २०८१ चैत्र ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र २५, २०८१
२२ पटक

२६ चैत २०८१, सोमबार

सुर्खेतः कर्णाली प्रदेशका विभिन्न जिल्लामाहरुमा सञ्चालित परम्परागत विद्यालयहरुका अवस्था अध्ययन गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा गठित सात सदस्यीय कार्यदलले यहाँका परम्परागत तथा धार्मिक आस्था एवं पद्धतिमा आधारित विद्यालयहरुको अध्ययन गरेको हो ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक दीपा हमालको संयोजकत्वमा गठित कार्यदलले यहाँ सञ्चालित गुरुकुल, गुम्बा र मदरसाको अवस्था अध्ययन गरी तयार पारेको प्रतिवेदन आज सामाजिक विकासमन्त्री घनश्याम भण्डारीलाई हस्तान्तरण गरेको छ । कार्यदलले ती विद्यालयको सञ्चालन, व्यवस्थापनलगायतका विभिन्न पक्षमा अध्ययन, सवल पक्ष, समस्या, चुनौति र संभावनाका बारेमा प्रतिवेदन तयार पारेको कार्यदलका सदस्य सचिव तथा मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख सुवर्णकुमार खड्काले जानकारी दिनुभयो ।

उक्त प्रतिवेदन बुझ्दै सामाजिक विकासमन्त्री भण्डारीले सरकारले आगामी वार्षिक नीति तथा कार्यक्रममा परम्परागत तथा धार्मिक विद्यालयहरुको संरक्षण तथा प्रवद्र्धनका कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो पटक कर्णालीमा परम्परागत विद्यालयको अवस्था अध्ययन गरिएको छ । प्रदेश सरकारले स्थानीय तहसम्म बुझाईमा एकरुपता ल्याउन तथा सहजीकरणमा विशेष सहयोग गर्नेछ ।”

कार्यदल संयोजक हमालका अनुसार चार महिनाको समय लगाएर स्थलगत अनुगमन तथा निरीक्षण गरी अध्ययन प्रतिवेदन तयारी गरिएको छ । प्रदेश सरकारलाई परम्परागत विद्यालयको अवस्थाको जानकारी तथा महसुसीकरण गराउने उद्देश्यले अध्ययन गरिएको हो । कर्णालीमा परम्परागत विद्यालयको समस्या पहिचान भएको जनाउँदै उहाँले यसबाट कर्णालीमा नयाँका कामको दस्ताबेजीकरण भएको संयोजक हमालले बताउनुभयो ।

गुरुकुल, गुम्बा र मदरसाका प्रतिनिधिरुले प्रदेश सरकारले ती विद्यालयहरुको व्यवस्थापन तथा सञ्चालनका लागि प्रदेश सरकराले ऐन नै ल्याउनुपर्ने सुझाव दिएका छन् । हाल कर्णालीमा परम्परागत तथा धार्मिक विद्यलयय गरी १६ वटा रहेको कार्यदलका सदस्य डा.दीपककुमार गौतमले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्