OnlinePana

आज : २०८१ फागुन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २८, २०८१
२ पटक

 

२८ फागुन २८, बुधबार

सुर्खेत: कर्णाली प्रदेश सरकारले संघीय समपुरक तथा विशेष अनुदान माग गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुर्खेत वीरेन्द्रनगरमा आज बसेको बैठकले संघीय सरकारसँग समपुरक तथा विशेष अनुदान माग गर्ने निर्णय गरेको हो । त्यस्तै, वन विकास कोषमा जम्मा गर्नुपर्ने रकमको स्रोत सुनिश्चितता गर्ने निर्णय बैठकले गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।

त्यसैगरी, प्रदेशमा सरुवा भई आउनुभएका सचिवलाई कामकाजमा खटाउने निर्णय पनि बैठकले गरेको छ । जसमा पूर्णमान श्रेष्ठलाई प्रदेश लोक सेवा आयोगको सचिव, अर्जुन गौतम र ढोलकराज ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिवका रुपमा पदास्थापन गर्ने निर्णय भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्