

२८ फागुन २८, बुधबार
सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्मी बढेसँगै खानेपानीको समस्या बढ्ने भएकाले समयमा काम सक्ने गरी लाग्न निर्देशन दिनुभएको छ ।
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना, आयोजना कार्यान्वयन इकाईद्वारा आयोजित वीरेन्द्रनगर नगरपालिका तथा शारदा नगरपालिकाको प्रगति समीक्षा र बजेट व्यवस्थापन सम्बन्धित बैठकलाई सम्बोधन गर्दै जनताको खानेपानीको समस्या समाधान गर्ने आयोजना भएकाले काममा तीव्रता दिनुपर्ने मुख्यमन्त्री कँडेल बताउनुभया ।
उहाँले भन्नुभयो, “यो योजना जनतासँग र जनताको दैनिकीसँग जोडिएको आयोजना भएकाले विशेष रुपमा ध्यान दिएर समयमा सक्नु आजको आवश्यकता हो । यसमा आयोजनाको टोली अँझ बढी संवेदनशील भएर लाग्नुस् ।” कार्यक्रममा प्रदेश सरकारका जलश्रोत तथा उर्जा विकासमन्त्री बिजया बुढा, आयोजना प्रमुख सजीतकुमार शाह वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव र जलस्रोत तथा उर्जा विकास मन्त्रालयका सचिवलगायतको सहभागिता रहेको थियोे ।