OnlinePana

आज : २०८१ फागुन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २७, २०८१
३१९ पटक

२७ फागुन २०८१, मंगलबार

जुम्लाः प्रेस सेन्टर नेपाल जिल्ला समिति जुम्ला तथा महिला जागरण डटकमका अध्यक्ष, जुझारु एवं उर्जावान् पत्रकार दिलमाया शाहीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरिएको छ ।

प्रेस सेन्टर नेपाल केन्द्रीय, प्रदेश तथा जिल्ला समितिले आज एक विज्ञप्ति जारी गर्दै आज बिहान ८ः३० बजेको समयमा रिपोर्टिङको सिलसिलामा जुम्ला बजारमा हिडिरहेको अवस्थामा तिला गाउँपालिका ४ जुम्ला निवासी हाल चन्दननाथ नगरपालिका ४ जुम्लामा अस्थायीरुपमा बस्दै आएकी प्रमिला शाहीले एक्कासी पछाडिबाट अध्यक्ष शाहीमाथि विना कारण आक्रमण गरेकी थिइन् । प्रेस सेन्टर केन्द्रदेखि जिल्ला समितिले विज्ञप्तिमार्फत उक्त आक्रमणको घटनाप्रति घोर निन्दा गरेका छन् ।

ती विज्ञप्तिमा उल्लेख गरिएको छ “कि कारण वा अकारण कोही पनि व्यक्तिलाई कसैप्रति कुनै कुरा चित्त नबुझेमा कानून उपाचार खोज्न बाटो हुँदाहुँदै निज प्रमिला शाहीले अध्यक्ष दिलमाया शाहीलाई हातपात र अभद्र व्यवहार गरेको घटनाप्रति प्रेस सेन्टर नेपाल घोर भत्र्सना गर्दछ । जुनसुकै बाहनामा गरिएको भएपनि उक्त घटना आपत्ति एवं अपमानजनक मात्र छैन, नेपालको कानून विपरीत र दण्डनीय छ ।”

उक्त घटनामा संलग्न रही सार्वजनिक स्थानमा अध्यक्ष शाहीमाथि हातपात र अभद्र व्यवहार गर्ने दोषी उपर छानबीन गरी कानूनी कारवाहीका लागि प्रेस सेन्टर नेपालले जोडदार माग गरेको छ । साथै संगठनले पत्रकार तथा सञ्चारकर्मीहरुलाई निर्वाधरुपमा काम गर्न पाउने तथा नागरिकका रुपमा स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकको सुनिश्चित गर्न प्रशासन तथा सम्बन्धित सरोकारवाला निकाय सबैको गम्भीर ध्यानाकर्षण गराएको छ ।  घटनाकाे विषयमा अनुसन्धान भईरहेकाे जि्ल्ला प्रहरी कार्यलयले अनुसन्धान भईरहेकाे प्रहरी नायव उपरीक्षक क्षेदिलाल कामतिले जानकारी दिनुभयाे ।

 

प्रतिकृया दिनुहोस्