OnlinePana

आज : २०८३ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २५, २०८१
२४७ पटक

२५ फागुन २०८१, आईतबार

सुर्खेतः कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले विद्यालयलाई आर्थिक गतिविधिमा जोड्नुपर्ने बताउनुभएको छ ।

मन्त्रालयद्वारा आयोजि कर्णाली प्रदेशको शिक्षा योजनाको मस्यौदामाथिको छलफल कार्यक्रममा बोल्दै उहाँले विद्यालयलाई आर्थिक गतिविधिमा जोड्ने गरी शिक्षा योजनामा मुख्य प्राथमिकता राख्नुपर्ने सुझाव दिनुभयो ।

शिक्षा र आर्थिक विकासलाई सँगसगै लिन सक्ने यसले दक्ष जनशक्ति उत्पादन र आत्मनिर्भरता सहयोग पुग्छ, उहाँले भन्नुभयो, यसका लागि स्थानीय पाठ्यक्रममा उत्पादनको विषय समेट्नुको साथै व्यवसायीकरणमा जोड दिनुपर्दछ ।

मन्त्री भण्डारीले प्रदेश योजना बनाउँदा पालिकाको शिक्षा योजना पृष्ठपोषणका रूपमा लिन सकिने जनाउँदै ती योजनालाई प्रदेश र स्थानीय तहबीचको तदम्यता मिलाउन आग्रह गर्नुभयो ।

योजना बनाउने तर उपयोग नहुने कारणले जनतामा वितृष्णा जागेको बताउँदै मन्त्री भण्डारीले योजना निर्माण गर्दा विज्ञको सहभागिता अनुरुप कार्यान्वयन गर्ने निकायका कर्मचारीले ध्यानपूर्वक सहभागी हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्