OnlinePana

आज : २०८१ फागुन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २४, २०८१
९ पटक

 

२४ फागुन २०८१, शनिबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सचेत नागरिकबाट मात्र समृद्ध समाज निर्माण हुने बताउनुभएको छ ।

वीरेन्द्रनगर नगरपालिकाद्वारा आज सुर्खेतमा आयोजित ११५औं अन्तराष्ट्रिय महिला श्रमिक दिवस–२०८१ को समारोहमा बोल्दै मुख्यमन्त्री कँडेलले सचेत नागरिकहरुबाट मात्र सभ्य र समुन्नत समाज निर्माण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “आजको दिन त्यत्तिकै आएको होइन । अन्तर्राष्ट्रियस्तरमै महिलाहरुले गरेको आन्दोलन र योगदानको उपज हो । नेपालको संविधानले पनि सबै नागरिकलाई समान अधिकारको व्यवस्था गरेको छ ।”

जात, भूगोल र क्षेत्रका आधारमा विभेद बर्जित भएपनि व्यवहारमा अहिले पनि कतिपय ठाउँमा भेदभावका कहाली लाग्दा घटनाहरु घटिरहँदा ती समस्या र चुनौतिबाट मुक्त हुन सभ्य समाज निर्माण हुनुपर्नेमा उहाँल जोड दिनुभयो । मुख्यमन्त्री कँडेलका अनुसार अनुसार दिवस मनाउनलाई समय बिताउने मात्र नभई यसबाट प्राप्त सन्देश आफ्नो जीवन व्यवहारमा लागु गर्नुपर्दछ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रत्येक वर्ष ८ मार्चलाई विश्व जगत्मा महिलाहरुले आफ्नो हक अधिकारका निम्ति लडेर ल्याएको दिनका रुपमा स्मरण गर्दै गर्दा उनीहरुको क्षमता र सामथ्र्य कमजोर नभएको इतिहास रहेको बताउनुभयो । सन् १९०८ मा न्यूयोर्क सिटीमा पन्ध्र हजार महिलाहरुले दैनिक कामको समयावधि घटाउनुपर्ने, तलब बढाउनुपर्ने र मतदानको अधिकार प्राप्त हुनुपर्ने भन्दै गरेको प्रदर्शनबाट आजको दिनको बिजारोपण भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विश्वमा आधा भन्दा बढी महिलाहरुको जनसंख्या रहेको छ । नेपालमा पनि महिलाको जनसंख्या र संविधानले पनि महिलालाई ३३ प्रतिशत अधिकार दिएको छ । अधिकार प्रदान गर्ने देशका हिसाबले विश्वमा नेपाल अग्रस्थानमै छ र यो प्रशंसनीय छ । पछिल्लो समयमा अधिकर पाए महिलाहरुले पनि शासन चलाउन सक्दा रहेछन् भन्ने थुप्रै दृष्टान्तहरु प्नि छन् । यसले महिलाहरुमा जागरण मात्र पैदा भएको छैन, उत्साह र उत्प्रेरणा पनि थप्दै आएको छ ।”

उक्त कार्यक्रमका वक्ताहरुले संविधानमा महिला अधिकारको व्यवस्था भएपनि त्यसको कार्यान्वयन र व्यवहारिक पक्ष कमजोर भएकोले सरोकारवाला पक्षहरुले बढी ध्यान दिनुपर्ने सुझाव दिए । दिवसमा अँझ साँच्चिकै श्रममा जोडिएका महिला सहभागिता र उनीहरुको कथाले नेपाली समाज रुपान्तरण सहयोग पुग्ने उनीहरुको भनाई थियो ।

प्रतिकृया दिनुहोस्