OnlinePana

आज : २०८१ चैत्र २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १०, २०८१
५६ पटक

१० फागुन २०८१, शनिबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली बदल्न सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

आज यहाँ आयोजित कोपिला भ्याली स्कुल वीरेन्द्रनगर ४ सुर्खेतको १५औं स्थापना दिवस समारोहमा मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीको शैक्षिक क्षेत्रको उन्नयनमा कोपिला भ्याली स्कुलले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । शिक्षा प्राप्त गर्ने मात्र नभई पछिल्लो समयमा कोपिला भ्याली पर्यटकीय एवं रमणीयस्थलका विकास हुँदै गएको उहाँले जनाउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले सामुदायिक विद्यालयको हालत देखिरहेकै छौं । कर्णालीप्रति म्यागी डोयन, टोपबहादुर मल्लको योगदान र कोपिला भ्यालीले शैक्षिक सूचक बढाउन खेलेको भूमिका प्रशंसनीय छ । बरु यहाँ भएको सिकाई अभ्यास र गतिविधिहरु सामुदायिक विद्यालयसँग आदानप्रदान गर्दा यसले शैक्षिक क्षेत्रको सुधारमा राम्रै सहयोग पुग्ला ।”

प्लाष्टिकमुक्त नगरपालिका घोषणाका लागि नगरप्रमुखले साहस गर्नुपर्ने विचार व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले वडा नं. ४, यहाँको टोल विकास समिति र कोपिला भ्यालीको सहकार्यमा प्लाष्टिकमुक्त अभियान सुरुआत गरेर उदाहरणीय पाठशाला बन्न आग्रह गर्नुभयो । घरमा ऋण काढेर शिक्षाका निम्ति अमेरिका युरोप जानेहरुका अगाडि नेपाल अनि कर्णालीमा कर्म गरेर विश्वमा नमूना काम गर्न सकिदो रहेछ भन्ने शिक्षा स्कुलले दिएको उहाँको भनाई थियो ।

कोपिला भ्यालीका प्रबन्ध निर्देशक टोपबहादुर मल्लले १५ वर्षको संघर्षमय यात्रामा सबैको सहयोग सद्भाव रहेको बताउनुभयो । उहाँले म्यागीसहित आफूले लोटा र डोकाबाट काम गर्दै अगाडि बढ्दा शैक्षिक क्षेत्रमा पछाडि परेको कर्णाली प्रदेशलाई केही दिने प्रयासले निरन्तरता पाएको बताउनुभयो । उक्त समारोहमा बालबालिकाकाले हिंसासम्बन्धी लघु नाटकसहित विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्