OnlinePana

आज : २०८१ फागुन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,फागुन ८, २०८१जुम्ला,
१०७ पटक

फागुन ८ गते । नेपाल कम्यूनिष्ट पार्टीको कर्णाली प्रदेश स्तरीय स्कुलिङ जुम्लाको हिमा गाउँपालिका धाचुगाउँमा भईरहेको छ ।
जिल्ला ईन्चार्ज बिर्खबहादुर शाहीका अनुसार धाचु गाउँमा पार्टीको स्कुलिङ्ग चलिरहेको छ । दुई दिन देखी चलिरहेको कार्यक्रममा प्रदेश ईन्चार्ज कर्णजित वुढाथोकी (शुसिल), स्कुलिङ्ग विभाग प्रमुख भेसराज भुसाल, स्थायी कमिटि सदस्य भरत वम लगायतका नेताहरुले प्रशिक्षण गरिरहनु भएको छ ।

यसैगरी जुम्लामा यस पटक पनि पार्टीका महासचिव नेत्र विक्रम चन्द्ध जुम्ला आउनु हुने भएको छ । पार्टी स्कुलिङ्गमा प्रशिक्षण गर्न तथा थप स्याउ रोप्नका लागि शनिवार हिमा गाउँपालिकाको धाचुगाउँमा पुग्ने तालिका छ ।

उहाँका अनुसार यस पटक हिमाको धौलापनीमा नयाँ स्याउ रोप्ने कार्यक्रम समेत रहेको छ । उहाँका अनुसार महासचिव चन्द्ध सहित स्थायीय समिति सदस्य सन्तोष बुढामगर पनि फागुन १० गते स्याउ रोप्ने  कार्यक्रममा समेत सहभागि हुने कार्यक्रम छ ।

 

प्रतिकृया दिनुहोस्