माघ २३ गते । नागरिकलाई न्याय दिनका लागी डिउटीमा खटिने जुम्ला प्रहरी लामो समय देखी आफ्नो भौतिक संरचना बन्न नसक्दा हैरान भएको छ । शान्ति सुरक्षा दिनुपर्ने प्रहरी वर्षौ देखि जिल्ला प्रहरी कार्यालयले कहिले जिर्ण भवनामा त कहिले खुल्ला चौरमा कार्यसम्पादन गर्दै आएको छ ।
जुम्लाको सदरमुकाममा खलंगामा अवस्थित जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरीको भवन झण्डै साढे ५ वर्ष अघि देखि निमार्ण शुरु भएको थियो । हाल निर्माण कार्य नसकिएर अलपत्र अवस्थामा रहेको हो । जीर्ण भवनबाट सेवा दिनुपर्ने बाध्यता रहेको छ । भवन सांँघुरो र जीर्ण हुँदा बसाइमा समस्या भएको प्रहरीले बताउदै आएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक क्षेदिलाल कामतिका अनुसार प्रहरी कार्यालय जुम्लाको निर्माणाधीन पक्की भवन अलपत्र अवस्थामा छ । कार्यालयमा हिरासत समेत राम्रो छैन । हिरासतका कोठा साँघुरा हुदा विभिन्न अपराधमा संलग्न र आरोपमा पक्राउ गरी ल्याएकालाई राख्न कठिन भएको छ । प्रहरी जवान भाडाका घरमा बस्न वाध्य भएका छन् । राम्रो नहुँदा विभिन्न अपराधमा संलग्न र आरोपमा पक्राउ गरी ल्याएकालाई राख्न समस्या हुने गरेको प्रहरीको गुनासो छ ।
१० वर्षे सशस्त्र द्वन्द्वकालमा क्षतिग्रस्त जिल्ला प्रहरी कार्यालयको भवन निर्माणका लागि २०७६ जेठ २९ देखि भएर २०७७ जेठ २८ गते सम्पन्न हुने गरी सम्झौता भएको थियो । तर भवन साढे ५ वर्ष बितिसक्दा समेत बनेको छैन । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कार्यालयको कार्यालय भवन, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, मेस, शौचालय तथा खानेपानीको ट्यांकी, खेलमैदान लगायत आवश्यक पूर्वाधार निर्माण हुने स्टिमेटमा उल्लेख छ ।
कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा रु पाँच करोड ४५ लाख ९१ हजारमा एम.के. देवसिंह जे.भी. धनगढी कैलाली नामक कम्पनीले ठेक्का पाएको थियो । ठेक्का परेको निर्माण व्यवसायीको प्रतिनिधी जुम्ला चन्दननाथ नगरपालिका २ का कृष्ण बहादुर स्वाँरले काम गरेका थिए । निर्माण व्यवसायी स्वारले काम गरेर रकम माग्दा जादा रकम नभएकालले न्याय माग्न उच्च अदालत हुदै सर्वोच्व अदालतमा रिट दायर गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सो बिषय सर्वोच्वमा पुगेको र जेठमा पेशी रहेको बताउनुभयो ।
निर्माणधिन नयाँ भवनलाई सम्पन्न गर्नका लागि सर्वोच्व अदालतमा नै पेसि अगाडि बढ्न ढिलाई हुदा भवन अगाडि बढ्न सकेको छैन् । निर्माण शुरु गरिएको भवनका सरियो ठाडा मात्रै देखिन्छन । जिर्ण भवनका कोठाहरुका भित्ता फाटेका छन्, जस्ता खिया लागेर काम नलाग्ने भइसकेको छन । त्यहाँ कार्यरत प्रहरीहरु भन्छन्, , हतियार थन्क्याउने अलग्गै कोठा नहुँदा तनावमा छ । समय मिलाएर हतियार बाहिर घाममा ल्याइ सुकाउने गर्नुपर्ने अवस्था छ । जिल्ला प्रहरी कार्यालय भने सर्वोच्व अदालतमा पेसि कुरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार २०७५ माघ १६ गते रु एक करोड खर्च गर्न अख्तियारी यस कार्यालयको नाममा प्राप्त भएको थियो । नियमानुसार ठेक्का मु.अ.कर सहित मुल्य रु पाँच करोड ४५ लाख ९१ हजार ९२४ रुपैया ९२ पैसा मध्य रू.९६ लाख रुपैया भुक्तानी दिईएको थियो । निर्माण व्यवसायीले काम बढि भएको भन्दै भुक्तानी माग गरेकाले यो आधारमा रकम माग गरिएको तर आएन ।
.निर्माण व्यवसायीले २०७७ असार २६ गते यस कार्यालय समेतलाई विपक्ष बनाई उच्च अदालत सुर्खेत– जुम्ला इजलासमा जिल्ला प्रहरी कार्यालय जुम्लाको नाउको सुचना म्याद तामेल भएको थियो । निर्माण व्यवसायी प्रतिनिधी जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा नं.०२ बस्ने कृष्ण बहादुर स्वारले यस कार्यालयलाई विपक्षी बनाई रिटदिएको र उच्च अदालत सुर्खेत– जुम्लाले २०७८ वैशाख २१ गते निवेदकको रिट निवेदन खारेज हुने ठहर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार निर्माण कम्पनीले सर्वोच्व अदालतमा मुद्दा नं. ०७९–ऋक्ष्– ०३२२ परमादेश मुद्दा दायर गरि यस कार्यालको नाममा मिति २०७९÷०८÷२० गते म्याद तामेल भएको छ । उक्त रिटको जवाफ यस कार्यालयबाट मिति २०७९÷०९÷०१ गते महान्यायधिवक्ताको कार्यालय रामशाहपथ काठमाण्डौमा लिखित जवाफको नक्कल तथा सक्कल पठाई सकेको र यस भन्दा अगाडी पेसीनै नबढेको प्रहरीले बताएको छ ।
क्याप्सन : पाँच बर्ष देखी अलपत्र अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय जुम्ला :तस्बिर नेत्र शाही÷जुम्ला ।