OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई जेठ १०, २०७७ जुम्ला
५९४ पटक

जुम्ला वैशाख २७ गते । मानव जातिलाई नै चुनौति दिने गरि महामारीको रुपमा चुनौतिका रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर काम गरिरहेको छ । कोरपाटी अनलाईनले जुम्लाको पातारासी गाउँपालिकाले के के काम गरेको छ । सो बिषयमा जानकारी लिएको छ ।
पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहरा र प्रमुख प्रशासकीय टेकबहादुर बुढ्थापा, अधिकृत धनबहादुर बुढा सगँ सम्पर्क गरि लिएको जानकारी अनुसार गाउँपालिकाले सवै भन्दा पहिले पालिका स्तरीय कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समन्वय समिति गठन र कर्णाली ईन्स्टिच्युट डोलकानको भवनमा क्वारेन्टाईन निर्माण गरेको छ । यसैगरी गाउँपालिकामा एक र उर्थुचौतारामा एक हेल्थ डेक्स स्थापना गरि सञ्चालनमा ल्याईएको छ । यसैगरी जनचेतना अभियान घरदैलोमा अभियान शुरु गरेको छ ।
गाउँपालिकाले कोरोना भाईरस कोभिड १९ संक्रमण रोकथाम तथा उपचार कोष कोष सञ्चालन सम्बन्धी कार्यविधि २०७६ अनुमोदन गरि कार्यान्वयनमा ल्याईएको छ । सोही अनुसार कोरोना भाईरस कोभिड १९ संक्रमण रोकथाम तथा उपचार कोष कोष सञ्चालनको लागि रु ४९ लाखको कोष खडा गरिएको छ ।
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जनचेतना जगाउन यस पालिकाका प्रत्येक घरधुरी लाई दुई दुई चक्की साबुन र प्रत्येक ब्यक्तिलाई एक एक थान माक्स वितरण गर्ने निर्णय भए बमोजिम १८ हजार माक्स र ७२०० साबुन वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।
राहत सम्बन्धी मापदण्ड २०७६ बमोजिम लकडाउनको अवधिमा खाद्यान्न आपूर्ति ब्यवस्थालाई सहज तुल्याउन र विपन्न ब्यक्तिहरुलाई राहत वितरण गर्नका लागि १७१ क्विन्टल चामल र १०० क्विन्टल नुन खरिद गरिएको छ । यसैगरी पालिकाको १ २ ६ र ७ नं वडाका १५८ अति विपन्न परिवारलाई प्रति परिवार चामल ३० के जि¸ नून २ के जी र तेल १ लिटर राहत वितरण भईसकेको र अन्य वडाहरुमा पनि वडा सिफारिसको आधारमा राहत वितरण गरिनेछ ।
बाहिरबाट आएको ९ जना ब्यक्तिहरुलाई कर्णाली ईन्स्टीच्युट डोलकाटीमा पहिलो चरण र दोस्रो चरणमा ईन्स्टिच्युटमा ५ जना ब्यक्तिहरुलाई क्वारेन्टाईनमा राखेर परिक्षण गरि घर पठाईएको छ ।
यसैगरी जिल्ला बाहिरबाट उद्दार गरि ल्याईएका कूल ८२ जना मध्ये २६ जनालाई कर्णाली ईन्स्टिच्युट डोल्कानीको क्वारेन्टाईनमा, ४ जना ब्यक्तिहरुलाई गंगादेवी मा वि गडिगाउँ वडा नं १ को क्वारेन्टाईनमा,
२१ जना ब्यक्तिहरुलाई सरस्वती मा वि खालाढी वडा नं २ को क्वारेन्टाईनमा राखिएको छ । यसैगरी १७ जना ब्यक्तिहरुलाई मालिका माध्यामिक विद्यालय लोडचौरको क्वारेन्टाईनमा राखिएको, १० जना ब्यक्तिहरुलाई भगवती आधारभुत विद्यालय उर्थु चौतारा वडा नं ६ को क्वारेन्टाईनमा , १२ जना ब्यक्तिहरुलाई सरस्वती मा. वि रिनी वडा नं ७ को क्वारेन्टाईनमा राखि जाँच गरेर घर पठाईएको स्वास्थ्य संयोजक रतनबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्वारेन्टाईनमा राखिएका तथा सुरक्षाकर्मी स्वास्थ्यकर्मी, अन्य कर्मचारी गरि जम्मा २९ जनाको आरडिटी जाँच र ९९ जनाको पिसिआर गराईको र नतिजा नेगेटिभ देखिएको छ । यसैगरी दुईवटै हेल्थ डेक्स गरी कूल ९१२ जनाको चेकजाँच गरिएको छ ।
पछिल्लो समयमा वडा नं ६ का अध्यक्ष धनबहादुर थापाको अध्यक्षतामा निगरानी समूह गठन गरी जिल्लामा सञ्चालन गरिने एकिकृत क्वारेन्टाईन ब्यवस्थापनका लागि स्वास्थ्य संयोजक श्री रतन बहादुर बुढ्थापालाई सम्पर्क ब्यक्ति तोकिनुका साथै रु ५० हजार कोभिड एम्बुलेन्स सञ्चालनका लगि जिल्ला विपद कोषमा सहयोग गरिएको छ ।
यसैगरी लकडाउनका कारण काठमाण्डौंमा अलपत्र परेका पातारासी गाउँपालिका वडा नं २ का दृष्टिविहिन श्री छविलाल कामी र श्री बसन्ति कामीलाई राहत स्वरुप नगद रु १००००।( रुपैया सहयोग गरिएको छ । यस पालिका भित्र का सबै वडाहरु बाट भारत लगायत अन्य मुलुकहरुमा रोजगारीको शिलसिलामा गएका व्यक्तिहरुको यथार्थ विवरण संकलन गरी पठाउन निगरानी समुहका सदस्यहरु सबै वडा अध्यक्षहरुलाई सदस्यहरु ज्युहरुलाई यथा सिघ्र पठाउन अनुरोध गरीएको छ ।

प्रतिकृया दिनुहोस्