OnlinePana

आज : २०८३ आषाढ २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १०, २०७७सुर्खेत
८५३ पटक

सुर्खेत, १० जेठ २०७७ शनिबार : कर्णाली प्रदेशको सुर्खेतमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सुर्खेत पश्चिममा पर्ने बराहताल गाउँपालिकाका दुई र चौकुने गाउँपालिकाका एक जनामा कोराना संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा प्रमुख डा.लक्ष्मीनाराण तिवारीले जानकारी दिनुभयो ।“ बिहीबार भारतबाट फर्केका सात सय ९० जना बबई नाका र बाँकीलाई दैलेखको गुराँसेमा गर्दा १४ जनाको आरडिटी शंकास्पद देखिएको थियो,” महाशाखा प्रमुख तिवारीले भन्नुभयो, “शंकास्पद १४ जनाको सुर्खेतमा आरटी पिसिआर परीक्षण गर्दा तीन जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि पुनः पुष्टिका लागि नेपालगञ्ज पठाउँदा कोरोना संक्रमण पुष्टि भएको छ ।”

बाँकी ११ जनाको आरटी पिसिआर रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । महाशाखा प्रमुख तिवारीका अनुसार दैलेख आठबिस नगरपालिकाका एक युवासहित थप तीन जना गरेर कर्णालीमा कोरोना संक्रमितको संख्या चार पुगेको छ । संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई प्रदेश अस्पताल सुर्खेतको आईसोलेसन कक्षमा विशेषज्ञ चिकित्सकको निगरानीमा राखिएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्