OnlinePana

आज : २०८३ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २१, २०८१
३३३ पटक

२१ मंसिर २०८१, शुक्रबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा यही मंसिर २४ गते ‘प्रदेश सुरक्षा सम्मेलन’ हुने भएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकमा मुख्यमन्त्री कँडेलले ‘प्रदेश सुरक्षा सम्मेलन’को पूर्ण तयारी गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । त्यस्तै, बैठकमा प्रदेशको सुरक्षा अवस्थाको विश्लेषण र प्रदेशका तर्फबाट उठाउने विषयवस्तुका बारेमा छलफल भएको थियो ।

छलफलमा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुले सुर्खेत तथा कर्णालीको शान्ति सुरक्षाको अवस्था, त्यसमा देखिएका केही चुनौति र समाधान उपायहरुबारे प्रस्तुत गरेका थिए । उक्त ‘प्रदेश सुरक्षा सम्मेलन’ मा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाई र सबै सुरक्षा निकायका प्रमुख आउने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्