OnlinePana

आज : २०८० आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीजेठ १०, २०७७जुम्ला,
४१६ पटक

खलङ्गा जेठ १० गते । जुम्लामा चार सय पाँच जनाले कोरोना बीमा गरेका छन् । शिखर ननलाईफ ईन्सुरेन्स कम्पनी जुम्लाले ल्याएको यो विशेष योजनामा चारसय पाँच जनाले बीमा गरेका ईन्सुरेन्सका कर्णाली ईन्चार्ज ऋषिराम पाण्डेले जानकारी दिनुभयो ।
बीमा गर्नेमा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, उपप्रमुख कार्मा बुढा, चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहरा, तिला गाउँपालिका उपाध्यक्ष बिष्णुमाया बुढा, सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटा, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी, प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्द्ध सहित चार सय पाँच जनाले बीमा गरेका उहाँले थप्नुभयो । अहिले कोभिड १९ ( कोरोना भाईरस ) रोकथामको अभियान संचालन भईरहेको समयमा शिखर ननलाइफ ईन्सुुुुुुुुरेन्सले ल्याएको कोरोना बीमा अभियानमा मानिसहरु आर्कषित हुन थालेका छन् ।
कोरोनाका कारण केही दुर्घटना भईहालेमा सो प्याकेज अगाडि सारिएको छ । यसैगरी रु छ सयमा परिवारको रु एक लाखको बीमा गर्न सकिने ईन्सुरेन्सले जनाएको छ । यसैगरी प्रति व्यक्ति रु एक लाखको रु एक हजारले बीमा गर्न सकिनेछ । यस अघि ईन्सुरेन्सले जुम्लामा कृषिवाली, स्याउका बिरुवाको समेत बीमा गर्दै आएको छ । यसैगरी हुम्लामा २६ जना, कालिकोट २२ जना र डोल्पामा १५ जनाले थप कोरोना बीमा भएको जानकारी भएको छ । सुरक्षाको राम्रो अभियान कोरोना बीमा भएकाले ४० जना बढि प्रहरीले बीमा गरेका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्